काठमाडौ २२ जेठ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का नेताहरूको बैठक बसेको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे बैठकमा सहभागी छन् ।
रास्वपाबाट उपसभापति डा। स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार बैठकमा सहभागी छन् । दुई पक्षबीच संसदको गतिरोधका विषयमा छलफल भइरहेको बताइएको छ ।
संसद् भवनमा दुई पक्ष वीच संवाद भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी गराए । संसद भवनको शंकर हलमा दुई दलका नेताको बैठक भएको उनले बताए ।
भिजिट भिसा प्रकरणमा रास्वपा लगायतका प्रतिपक्ष दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका छन् । सत्ता पक्ष कांग्रेस र एमाले भने गृहमन्त्री लेखकले राजीनामा दिनुनपर्ने अडान राखिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्