ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्निविरुद्धको सर्वोच्चको आदेश राम्रो संकेत होइन–माओवादी


एबीसी न्यूज
जेष्ठ २२, २०८२ बिहीबार  ९ : २९ बजे

काठमाडौं, २२ जेठ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटा विरुद्धको द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन मद्दत नगर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउनु पर्नेमा प्रहरीलाई छानबिन गर्न आदेश दिनुले अनावश्यक राजनीतिक विवादसमेत खडा गर्ने माओवादीको ठहर छ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अनलाइनखबरसँग भने, ‘सर्वोच्चबाट आएको आदेश राम्रो संकेत होइन, यसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने कुरामा पोजेटिभ म्यासेज दिएन ।’सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या भएको घटनामा अग्नि सापकोटा संलग्न भएको भन्दै उनलाई सजाय माग दावी गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा, सुशील प्याकुरेल, कनकमणि दीक्षित लगायतले विभिन्न मितिमा सर्वोच्चमा रिट दायर गरेका थिए ।
बुधबार सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्च अदालतले बदर गरेको थियो ।

सर्वोच्चको यो आदेशपछि विहीबार बिहानै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय कार्यालयको बैठक बोलाएर छलफल समेत गरेका छन् । छलफलमा सापकोटा पनि सहभागी छन् । सर्वोच्च अदालतको आदेश अनुसार नै सत्य निरुपण र बेपत्ता छानबिन आयोगको कानुन बनिसकेको अवस्थामा सापकोटा विरुद्धको द्वन्द्वकालीन मुद्दा आयोगमै पठाउनुपर्ने माओवादी केन्द्रका उपमहासचिव शर्माको भनाइ छ ।
‘द्वन्द्वकालीन मुद्दा टुंग्याउन र पीडितलाई परिपूरणको व्यवस्था गर्न आयोग बनेको छ । अदालतले भने अनुसार नै कानुन बनिसकेको छ । कानुनमा पनि उजुरीहरुमा छानबिन गरेर कारबाही सिफारिस गर्ने व्यवस्था छ । यी सबै व्यवस्था हुँदाहुँदै द्वन्द्वकालीन मुद्दालाई आयोगमा पठाउनुपर्थ्यो,’ शर्माले भने, ‘तर सर्वोच्चबाट जुन खालको निर्णय आयो, त्यसले शान्ति प्रक्रियालाई मद्दत पुर्‍याउँदैन ।’

उनले सर्वोच्चको आदेशलाई नेपालको शान्ति प्रक्रिया टुंग्याउने काममा चुनौतीको रुपमा लिएको समेत बताए । ‘यो राम्रो संकेत होइन, यस्तो नहुनुपर्थ्यो,’ शर्माले भने, ‘यसले अनावश्यक आशंका र विवाद निम्त्याउँछ ।’

माओवादीका अर्का नेता नारायणप्रसाद शर्माले सापकोटामाथि प्रहार भएको भन्दै यसको सशक्त प्रतिरोध हुनुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘अग्निजी माथिको यो प्रहार सबै माओवादीप्रति आक्रमणको प्रतिक्रियावादी र प्रतिगामी षडयन्क्रको एक सुरुवाती हिस्सा हो । यसको सशत्त प्रतिरोध गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com