ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग


admin
चैत्र १३, २०७४ मंगलबार  ४ : ५८ बजे

हेटौँडा, १३ चैत । प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गर्नुभयो । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गर्नुभएको थियो ।

आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गर्नुभयो । उहाँले भन्नुभयो – “बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।”

उहाँले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । उहाँले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गर्नुभयो ।

राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गर्नुभयो । माझी र नेपाली काँग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले गरिव भगाउने नीति लिएको भन्दै सांसदहरुको आक्रोश

अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने

सम्बन्धित

फेसबुकमा सिनियर अफिसरको तस्बिर राखेर ‘तिमीहरूले मलाई मारेउ’ लेखेका बैंकर मृत भेटिए

खाडी मुलुकको आग्रहमा इरानमाथिको थप सैन्य आक्रमण रोकेँ – ट्रम्प

विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार दिउँसो लालटिन बालिने

म दर्तै गर्दिनँ भन्ने छुट र सुविधा सर्वोच्च अदालत प्रशासनलाई छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक – वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com