ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखसँगको छलफलमा पनि गृहमन्त्रीको राजीनामाबाट टसमस भएनन् विपक्षी दल


abc news

काठमाडौ २० जेठ । प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले डाकेको प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक पनि निष्कर्षबिहीन भएको छ।

बैठकमा विपक्षीले यसअघिकै विषय दोहोर्‍याएपछि निष्कर्ष ननिस्केको हो।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखकला सदनमा बोल्न दिने वातावरण बनाउन पुनस्प्रस्ताव गरेका थिए।

तर विपक्षीले भने भिजिट भिसा प्रकरणा गृहमन्त्रीको समेत नाम जोडिएकोले उनले राजीनामा नदिई सदन चल्न नदिने बताए।

सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलिरहेको छैन। सरकार भन्छ( गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्‍यो, नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भने, हामी प्रतिपक्षीले भने यो घटना छानबिनका लागि उच्चस्तरीय समिति नबनेसम्म न गृहमन्त्रीले बोल्न मिल्छ न सदन चल्छ भन्यौ।

उनले प्रतिपक्षीको माग दुई वटा भएको बताए। खासगरी प्रतिपक्षीको २ वटा माग छ। एउटा माग भनेको गृहमन्त्रीको राजीनामा। मानवतस्करी सँग गृहमन्त्रीको नाम जोडियो नि त, उनले भने, दोस्रो पहिलेदेखि नै अध्यागमनबाट भिजिट भिसा प्रकरणमा आपराधिक कार्य भएको देखिएकोले यसको छानबिन गर्नुपर्‍यो। समग्र छानबिन हुनुपर्‍यो। उच्चस्तरीय छानबनिन गर्न सरकार तयार भए। गृहमन्त्रीले बोल्न पि पाउने, हाउस पनि चल्ने। नत्र हुँदैन।

पाण्डेका अनुसार कांग्रेस पमुख सचेतक घिमिरेले नयाँ प्रस्ताव आएकोले आन्तरिक छलफल गर्ने बताएका छन्।

त्यस्तै बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभा बैठक पनि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखले सदन खुलाउनका लागि सत्तारुढ र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com