ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेवातालको क्षेत्रफल १२ सय रोपनी थपियो, शनिबारदेखि सिमानामा पोल गाडिने


एबीसी न्यूज

पोखरा । पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालको आकार बढेको छ । तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले आकार बढेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

समितिको रिपोर्ट अनुसार तालको आकार यसअघि भन्दा ६ सय १७ वर्गमिटर अर्थात १ हजार २ सय १३ रोपनी थप भएको छ । सहजीकरण समितिको रिपोर्ट अनुसार फेवाताल ६.३४३ वर्ग किलोमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम क्षेत्रमा फैलिएको छ ।

यसअघि पुण्य पौडेल नेतृत्वको अध्ययन समितिले तालको क्षेत्रफल ५‍.७२६ वर्ग किलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा कायम गरेको थियो ।सहजीकरण समितिले गठन गरेको प्राविधिक उपसमितिले फेवातालको ताल घर र ६५ मिटर भित्रको क्षेत्र समेत यकिन गरेको छ । २०८० माघ ११ गते उपसमिति गठन भएको थियो ।

उपसमितिले डिजीपीएस र ड्रोन सर्भे गरेर २५ वटा मुख्य आधार विन्दुमा ४० सेमी उचाइका पिल्लर जमिनमुनी गाडेको थियो । त्यसकै आधारमा ५ हजार नियन्त्रण विन्दु कायम गरिएको छ ।

सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन गरेर उच्च बहाव हुँदाको आकार पत्ता लगाइएको पोखरा महानगरका मेयर तथा सहजीकरण समितिका सदस्य धनराज आचार्यले जानकारी दिए ।

पछिल्लो उच्च बहाव चाहिँ गत वर्ष असार १२ गतेको वर्षापछि तालिएको पानीलाई आधार मानिएको छ । उनका अनुसार सर्वोच्च अदालतले तोकेको ६५ मिटरको क्षेत्रफल चाहिँ ७।६१६ वर्ग किलोमिटर अर्थात् १४ हजार ५७० रोपनी ५ आना २ दाम कायम हुन्छ । ‘हामीले पटक पटक सर्वेक्षण गर्‍यौँ ।

त्यसपछि तीनै तहको सरकारको समन्वयमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि र यसअघिका अध्ययन कार्यदलका संयोजकहरूसँग कुराकानी गर्‍यौँ,’ उनले भने, ‘विगतका प्रतिवेदनहरूको तुलनात्मक समीक्षा गरेर अहिलेको प्रतिवेदन तयार गरिएको हो ।’

मेयर आचार्यका अनुसार प्राविधिक टोलीले तालघरमा १ हजार ५५ वटा डिजिटल पोल समेत गाडिसकेको छ । भौतिक पोलहरू शनिबारदेखि गाड्न थाल्ने समितिले जनाएको छ ।

सहजीकरण समितिका संयोजक तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चको आदेश बमोजिम नै निर्णय कार्यान्वयन गर्ने सुनाए । ‘सर्वोच्चको आदेश बमोजिम खाली गर्छौँ । त्यसअघि ३१ सालअघि दर्ता भएका जमिनको प्रमाण हेरेर मुआब्जा दिने चरण सुरु हुन्छ,’ उनले भने, ‘मुआब्जा कति र कसरी दिने भन्ने सङ्घ सरकारको संलग्नतामा निर्णय हुन्छ ।’

उनले डिजिटल काम सकेर स्थलगत काम सुरु गर्ने चरणमा प्रवेश भएको बताए । ‘डिजिटल्ली सबै काम सकिएको छ । अब फिल्डको काम सुरु हुन्छ,’ उनले थपे, ‘पोखरा भनेको फेवाताल र हिमालयको दृष्य हेर्न आउँछन् । यसलाई बचाउन सकेनौ भने भोलि पोखराको सौन्दर्य गुम्छ ।’

अदालतले तालघरमा पर्ने जग्गाको अवस्था अध्ययन गरी २०३१ पछिको सबै दर्ता खारेज गर्न र त्यसअघिको दर्तावाला जग्गालाई मुआब्जा दिन आदेश दिएको छ । ती जग्गा र भौतिक संरचनाको अवस्था यकिन गर्ने चरणमा रहेको सहजीकरण समितिले जनाएको छ ।

‘सबै अध्ययनको चरणमा छ । कुन कित्ता कहिले दर्ता भएको भनेर मालपोत र नापीसँग विवरण माग गरेका छौँ,’ पाण्डे भन्छन्, ‘ती विवरण आएपछि दूषित जग्गा खारेज हुन्छ । मुआब्जा दिनुपर्ने जग्गाको मुआब्जा पनि यकिन गर्छौँ ।’

फेवातालबारे सर्वोच्चले पछिल्लो पटक २०८० असार ४ गते नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश दिएको थियो । उक्त परमादेशमा व्यक्ति वा संस्थाको नाममा भएको दर्ता खारेज गरी तालकै नाममा कायम गर्न र उच्च बहाव सीमानाबाट ६५ मिटरसम्मको सबै संरचना हटाउन तथा सौन्दर्यीकरण गर्न भनिएको छ । ६५ मिटर मापदण्डभित्रका संरचना हटाउन ६ महिनाको म्याद दिइएकोमा झन्डै २ वर्षसम्म अध्ययनमा खर्च गरिएको छ ।

शनिबार पोल गाडिने

डिजिटल रूपमा गाडिएको पोलको बाहिर तीनै तहका सरकारको उपस्थितिमा भौतिक पोल गाड्ने तयारी गरिएको छ । शनिबार बाराहीघाटबाट पोल गाड्न सुरु गर्ने मुख्यमन्त्री पाण्डेले बताए ।

उनका अनुसार तालको चारैतिर १ हजार ५५ वटा पोल गाड्न लागिएको छ । ‘यो समिति अदालतको मानहानीबाट बँच्नका लागि मात्रै बनेको होइन । कामै सुरु हुन्छ,’ उनले भने, ‘शनिबार पहिलो पोल मैले गाड्छु । दोस्रो पोल मेयरले गाड्नुहुन्छ, तेस्रो पोल सिडियोले गाड्नुहुन्छ ।’ त्यसपछि प्राविधिकहरूले बाँकी पोल चारैतिर गाड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com