काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल यस वर्षको बजेटको झोला बोकेर सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका छन् । यस वर्षको बजेट भाषण दिउँसो ३ बजे अर्थमन्त्री पौडेलले प्रस्तुत गर्दैछन् । अल्लोको झोलामा शीलबन्दी गरिएको आर्थिक वर्ष २०८२र०८३ को बजेट वक्तव्य आज सार्वजनिक हुन लागेको हो । गत वर्षको बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री वर्षामान पुनले गाँजाको झोला प्रयोग गरेका थिए ।
विगतका वर्षहरुमा अर्थमन्त्रीहरूले विदेशी ब्रिफकेसमा बजेट वक्तव्य राखेर ल्याउँथे र संसदमा वाचन गर्थे । यसपालि पनि गठनबन्धन सरकारका अर्थमन्त्री पौडेलले अल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्