काठमाडौं, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री विष्णु पौडेलले बजेटबारे ब्रिफिङ गर्नुभएको छ। उपप्रधानमन्त्री समेत रहेका पौडेलले मंगलबार शीतल निवास पुगेर आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गर्नुभएको हो । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले राष्ट्रपति पौडेललाई ब्रिफिङ गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्