८ माघ – रुसी सुरक्षा निकायले दक्षिणपूर्वी शहर उफामा एउटा योजनाबद्ध आतंकवादी हमलालाई विफल पारेका छन् । जसमा एक संदिग्धको मृत्यु भएको छ भने अर्का एक जनालाई हिरासतमा लिइएको छ । तास समाचार एजेन्सीलाई उद्धृत गर्दै रुसको संघीय सुरक्षा सेवाले बताएअनुसार रुसमा प्रतिवन्धित एक आतंकवादी संगठनका दुई सदस्यले बास्कोर्टोस्तान गणतन्त्रको राजधानी उफामा प्रहरीलाई लक्षित गरी हमलाको तयारी गरिरहेका थिए । रिपोर्टकाअनुसार संदिग्धहरूले सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्नका लागि एउटा घरेलु विष्फोटक उपकरण बनाउने योजना बनाएका थिए । एक संदिग्धले अधिकारीहरूमाथि गोली चलाएपछि जवाफी कारबाहीमा उनी मारिएका थिए । उनको साथबाट एउटा स्वचालित राइफल बरामद गरिएको छ । यस अभियानका क्रममा कुनै पनि सुरक्षाकर्मी वा सर्वसाधारण घाइते नभएको बताइएको छ ।







प्रतिक्रिया दिनुहोस्