ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा फैलिन थाल्यो कोरोनाभाइरस संक्रमण


abc news

काठमाडौ ११ जेठ । भारतमा कोरोनाभाइरस कोभिड(१९ संक्रमण फैलिन थालेको रिपोर्टहरूले देखाएको छ।

भारतीय सञ्चारमाध्यमहरूले सरकारी विवरणलाई आधार मानेर भारतमा कोरोनाभाइरस संक्रमण फैलिन थालेको उल्लेख गरेका छन्।

गत महिनामा न्यून र घट्दो क्रममा रहेको कोरोना भाइरस सक्रमण मे महिनायता बढ्न थालेको टाइम्स अफ इन्डियाले जनाएको छ।

मे महिनायता कोरोना संक्रमितको संख्या बढेर देशभरि २५७ जना पुगेको समाचारमा उल्लेख छ। मे महिनाको १२ तारिखयता मात्रै १६४ जना नयाँ संक्रमित थपिएका छन्।

दिल्लीमा अघिल्लो साता दुई जना संक्रमितको मृत्यु समेत भएको टाइम्स अफ इन्डियाले जनाएको छ। यद्यपि ती दुई संक्रमितहरूमा अरू रोग पनि देखिएको थियो।

केरल, तामिलनाडु र महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हुन्। कुल संक्रमितमध्ये ८५ प्रतिशत संख्या यी तीन राज्यका मात्रै छन्।

केरलमा ९५, तामिलनाडुमा ६६ र महाराष्ट्रमा ५६ सक्रिय संक्रमित छन्। त्यसैगरी दिल्लीमा २३ जना, पुडुचेरीमा १० जना, कर्नाटकामा १३ जना, गुजरातमा ७ जना, राजस्थानमा २ जना, हरियाणा, सिक्किम र पश्चिम बंगालमा १र१ जना सक्रिय संक्रमित रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।

केरलमा ६६ जना नयाँ संक्रमित भेटिएको पनि बताइएको छ। यद्यपि नयाँ संक्रमितहरू कसैलाई पनि अस्पताल भर्ना गर्न नपरेको र धेरै खतरनाक नदेखिएको पनि भनिएको छ।

ल्अज
िल्अभिि
कोरोनाको पहिलो लहरयता भारतमा झन्डै साढे ४ करोड मानिसहरू संक्रमित भएका थिए। तीमध्ये ५ लाख ३३ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको तथ्यांक छ।

टाइम्स अफ इन्डियाले सिंगापुर र हङकङमा पनि कोरोनाभाइरस संक्रमणको दर बढ्न थालेको जनाएको छ।

अहिले फैलिएको कोरोना भाइरसको स्वरूप ओमिक्रोन भेरियन्टको नयाँ भाइरस जेएन।१ भेरियन्ट हो। यो भाइरसको संक्रमण केही अघि नेपालमा पनि देखिएको थियो।

पढ्नुस्स् नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट जेएन।१ बाट डराउनुपर्छरु

पछिल्लो समय भिडभाड र यात्राको क्रम बढेका कारण पनि भाइरस फैलिएको स्वास्थ्य अधिकारीहरूको आकलन छ।

कोरोनाभाइरस पुनः फैलिन थालेपछि स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com