ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था आवश्यक : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
जेष्ठ १०, २०८२ शनिबार  ७ : २२ बजे

काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली आवश्यक रहेको बताएका छन् ।पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ अन्तर्गत आज पोखरामा आयोजना गरिएको सभामा उनले कार्यकारी राष्ट्रपतिका लागि जनतालाई प्रशिक्षित र परिचालित गर्न पनि अभियान सञ्चालन गरिएको बताए ।अध्यक्ष दाहालले भने, ‘संविधानसभाबाट संविधान बनाउँदा नै यसले स्थिरता र आर्थिक समृद्धि ठीक ढङ्गले हासिल गर्न सक्दैन भनेका थियौँ । हाल गणतन्त्र एक प्रकारको र निर्वाचन प्रणाली तथा शासकीयस्वरूप अर्को ढङ्गको भएको छ । अब कार्यकारी राष्ट्रपतीय शासन व्यवस्थाबारे जनतालाई प्रशिक्षित गर्नु आवश्यक छ ।’

उनले संविधान निर्माणका बेला प्रत्यक्ष निर्वाचित कार्यकारी भने पनि आफ्नै अडानमा बस्दा संविधान नबन्ने देखिएकाले ‘नोट अफ डिसेन्ट’सहित अडान छाडेको स्मरण गरे । अध्यक्ष दाहालले आगामी निर्वाचनमा माओवादी पहिलो दल बन्ने आधार तयार भएको बताए ।

‘देशको स्थायित्व र सुशासनका लागि माओवादीले नै पहल र रूपान्तरणको अभियान छेड्नुपर्दछ भनेर लागिपरेका छौँ । रूपान्तरणको अभियान नेतृत्वबाट सुरु गरिएको छ, सबैले आत्मसमीक्षा गर्नुहोला’, उनले भने, ‘समाजवादी क्रान्तिको आधार तयार गरेर लैजाने सपनासहित जनजागरण अभियान अघि बढाइएको छ । समाजवादउन्मुख राज्य व्यवस्था परिकल्पना गरिए पनि संविधानमा यसबारे स्पष्टता नभएकाले यसबारे बुझाउन पनि जनतासँग सम्पर्क बढाएका छौँ ।’

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले उठाएका सामाजिक न्याय र आर्थिक समृद्धि तथा सुशासनका मुद्दालाई जनताबीच लैजान आग्रह गरे ।

महासचिव देव गुरुङले माओवादी नेतृत्वको सपना र दृष्टिकोणअनुसार निर्माण सुरु भएको मध्यपहाडी लोकमार्गको बाँकी काम छिट्टै पूरा गर्नका लागि सरकारलाई दबाब दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com