ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पकाे धम्कीपछि ईयूले भन्याे– ‘अमेरिकासँग सम्मानमा आधारित व्यापार सम्झौता गर्न प्रतिबद्ध छाैँ’


abc news
जेष्ठ १०, २०८२ शनिबार  ४ : ०९ बजे

काठमाडौ १० जेठ । युरोपेली सङ्घ ईयू का व्यापार प्रमुखले अमेरिकासँग धम्कीमा नभई सम्मानमा आधारित व्यापार सम्झौता सुरक्षित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमा ५० प्रतिशत कर लगाउने धम्की दिएपछि ईयू व्यापार आयुक्त मारोस सेफकोभिकले २७ सदस्यीय समूह अमेरिकासँग पारस्परिक सम्मानमा आधारित व्यापार सम्झौतामा पुग्न प्रतिबद्ध रहेको बताउनुभएको हो ।

अमेरिकी व्यापार प्रतिनिधि जेमसन ग्रीर र वाणिज्य सचिव हावर्ड लुटनिकसँगको वार्तापछि उहाँले ईयू दुवै देशको फाइदाजनक सम्झौताप्रति प्रतिबद्ध रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

‘ईयू–अमेरिका व्यापार उत्कृष्ट छ र यो धम्कीका साथ नभई पारस्परिक सम्मानका साथ गरिनुपर्छ । हामी हाम्रा हितहरूको रक्षा गर्न तयार छौँ’, ईयू व्यापार आयुक्त सेफकोभिकले भन्नुभयो ।

यसअघि शुक्रवार अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली सङ्घ र अमेरिकाबीचको व्यापार वार्ताको सुस्त गतिका कारण जुन १ देखि कर बढाउने बताउनुभएको थियो ।

अमेरिकी सरकारको तथ्याङ्कानुसार ईयू अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारहरूमध्ये एक हो । गएको वर्ष युरोपेली सङ्घले ६०० अर्ब डलरको निर्यात र ३७० अर्ब डलरको आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

संसद्‌मा निष्क्रिय प्रधानमन्त्री बालेन फेसबुकमा सक्रिय

विस्थापित परिवारका बालबालिकालाई एसईईसम्म आवासीय छात्रवृत्ति उपलब्ध गराउँदै कामनपा

एमालेको सचिवालय बैठक सर्यो, सोमबार अध्यक्ष ओलीकै निवासमा बस्ने

सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश, भेटिएन थुनेर अनुसन्धान गर्नुपर्ने कारण

काठमाडौँ उपत्यकामा मध्यम वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com