काठमाडौ १० जेठ । लामो समयदेखि कम्बोडियामा अलपत्र दुई नेपालीलाई नेपाली राजदूतावास थाइल्यान्डले उद्धार गरी स्वदेश फर्काएको छ।
शुक्रबार स्वदेश फर्काइएकामा नेपालीमा एक महिला र एक पुरुष छन्।
सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत देशमा वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ।
दूतावासले आमसञ्चारमाध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन आग्रह गरेको छ।







प्रतिक्रिया दिनुहोस्