ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिचमा लापर्बाही भइरहेको गुनासोपछि मन्त्री पुगे राति नै सडकमा


abc news

काठमाडौ ९ जेठ । सडक पिच कालोपत्र गर्ने क्रममा लापरबाही भएको गुनासो आएपछि बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमनकुमार मास्केले राति स्थलगत अनुगमन गरेका छन्।

हेटौँडाबाट काठमाडौँ पुग्ने छोटो मार्ग मानिने कुलेखानी(फाखेल(हुमाने सडकमा भइरहेको कालोपत्रे हेर्न मन्त्री मास्के बिहीबार राति कार्यस्थल पुगेका हुन्।

सडक पिचमा लापरबाही भइरहेको भनेर सामाजिक सञ्जालमा भिडिओ आएपछि उनी टर्च बालेर सडक अनुगनमा निस्किएका हुन्।

सडकको स्थलगत अनुगमन गर्दै मन्त्री मास्केले गुणस्तरीय काम गर्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।

‘नागरिकको करबाट निर्माण भएको संरचना गुणस्तरहीन हुन हुँदैन। निर्माणको काममा ठेक्का सम्झौता गर्ने निर्माण व्यवसायीसँगै कार्यालयको इन्जिनियर जिम्मेवार र उत्तरदायी हुनुपर्छ, उनले भने, ‘निर्माण भएको संरचना परिक्षणपछि मात्र भुक्तानी तथा हस्तान्तरणको प्रक्रियामा अघि बढ्ने छ।’

उक्त सडक कालोपत्र गरिएको स्थानबाट नमुना संकलन गरी परिक्षणका लागि पठाइएको मन्त्री मास्केले जानकारी दिए।

हेटौँडा–काठमाडौँ जोड्ने उक्त सडक बागमती प्रदेश सरकारको लगानीमा असारअगावै सक्ने गरी स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेको छ।

जेठ २ गते कालोपत्र गर्न सुरु गरिएको सडकमा लापरबाही ढंगबाट काम भएको गुनासो आएपछि मन्त्री मास्के आकस्मिक रूपमा अनुगमनमा पुगेका हुन्।

हुमानेदेखि राकस खोलासम्म गरिएको कालोपत्र उप्किएको भन्दै स्थानीयले विरोध गरेका थिए।

१९ दिनमा काम सक्ने गरी सडकमा राति पनि कालोपत्र हाल्ने काम भइरहेको छ।

पूर्वाधार विकास कार्यालय मकवानपुरका अनुसार जेठ १९ गतेसम्म काम सक्नुपर्ने र मौसम अनुकूल नहुँदा राति पनि कालोपत्र गरिएको थियो।

१२।६ किलोमिटर लम्बाइ र ८.२० मिटर चौडाइमा हुमानेदेखि कंलकीसम्मको सडक कालोपत्र हाल्ने कार्य भइरहेको छ।

सडकको ८।५० किलोमिटर सतह कालोपत्र तथा ४ किलोमिटर ढलान भइरहेको छ।

उक्त सडक कालोपत्रका लागि २०८० वैशाख १७ मा ३५ करोड ४८ लाख ८८ हजार ९१६ रुपैयाँमा सम्झौता गरिएको हो।

हाल सडकमध्ये २ किलोमिटरमा कालोपत्र भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com