ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हनी ट्रयाप’मा पारेर काठमाडौंमा घर नभए जग्गा माग्ने दुई युवती पक्राउ


abc news
जेष्ठ ८, २०८२ बिहीबार   ६ : २३   बजे

काठमाडौं, ८ जेठ । ‘हनी ट्रयाप’मा पारेर काठमाडौंमा घरजग्गा माग्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार हनी ट्रयाप कार्यमा संलग्न दुई युवती पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौंको कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेको प्रहरीले जनाएको छ।उनीहरूले पीडितसँग फेसबुकमार्फत चिनजान गरेको र सम्बन्ध बढाएको प्रहरीले जनाएको छ। त्यसपछि काठमाडौंको ठमेलस्थित एक होटलमा बोलाएर खाजा तथा मादक पदार्थ सेवन गराएको र अचेत अवस्थामा पीडितको अश्लील फोटो र भिडिओ बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ।
त्यसपछि ती फोटो र भिडिओ प्रयोग गरेर ब्ल्याकमेल गर्न थालेका थिए। सुरुमा उनीहरुले ‘काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ नत्र यौन शोषणको मुद्दा लगाइदिन्छु’ भनेर धम्की दिन थालेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरूले तत्काल पाँच लाखको चेक काट्न बाध्य पारेर लगेका थिए।

यही सूचना प्रहरीले पाएपछि बुधबार काठमाडौंको हनुमानस्थानबाट दुवैजनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीहरूबाट पीडितले आँचल चौगुठीको नाममा काटिदिएको प्राइम कमर्सियल बैंकको चेक पनि बरामत गरेको छ। जसमा पाँच लाख रुपैयाँ उल्लेख छ। यस्तै दुवैजनाको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

दुवै जनालाई थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक(एसपी) काजीकुमार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group