ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हनी ट्रयाप’मा पारेर काठमाडौंमा घर नभए जग्गा माग्ने दुई युवती पक्राउ


abc news

काठमाडौं, ८ जेठ । ‘हनी ट्रयाप’मा पारेर काठमाडौंमा घरजग्गा माग्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार हनी ट्रयाप कार्यमा संलग्न दुई युवती पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौंको कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेको प्रहरीले जनाएको छ।उनीहरूले पीडितसँग फेसबुकमार्फत चिनजान गरेको र सम्बन्ध बढाएको प्रहरीले जनाएको छ। त्यसपछि काठमाडौंको ठमेलस्थित एक होटलमा बोलाएर खाजा तथा मादक पदार्थ सेवन गराएको र अचेत अवस्थामा पीडितको अश्लील फोटो र भिडिओ बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ।
त्यसपछि ती फोटो र भिडिओ प्रयोग गरेर ब्ल्याकमेल गर्न थालेका थिए। सुरुमा उनीहरुले ‘काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ नत्र यौन शोषणको मुद्दा लगाइदिन्छु’ भनेर धम्की दिन थालेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरूले तत्काल पाँच लाखको चेक काट्न बाध्य पारेर लगेका थिए।

यही सूचना प्रहरीले पाएपछि बुधबार काठमाडौंको हनुमानस्थानबाट दुवैजनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीहरूबाट पीडितले आँचल चौगुठीको नाममा काटिदिएको प्राइम कमर्सियल बैंकको चेक पनि बरामत गरेको छ। जसमा पाँच लाख रुपैयाँ उल्लेख छ। यस्तै दुवैजनाको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

दुवै जनालाई थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक(एसपी) काजीकुमार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com