काठमाडौ ८ जेठ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भुमे गाउँपालिकाको अवलोकन गरेको छ।
अभियान टोलीले पालिकाले गरेका असल अभ्यास र विकास गतिविधिहरु सम्बन्धी जानकारी लिएको हो। टोलीको स्वागत भुमे गाउँपालिका अध्यक्ष होम बहादुर श्रेष्ठ, उपाध्यक्ष सबिना बुढा, अन्य स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूले गरेका थिए।
स्वागतपछि पालिका अध्यक्ष श्रेष्ठले अभियान टोलीलाई भुमे गाउँपालिकाले गरेका प्रयास, उपलब्धि तथा असल अभ्यासबारे जानकारी गराउनुका साथै पालिका तथा कर्मचारीहरूका तर्फबाट विभिन्न मागहरू समेत प्रस्तुत गर्नुभयो।









प्रतिक्रिया दिनुहोस्