काठमाडौ ८ जेठ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाएका छन्।
बिहीबारको सार्वजनिक लेखा समितिमा बोल्दै उनले संसद् सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने उल्लेख गरे आफूहरुलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरु कसैको दास नभएको टिप्पणी गरे।
‘संसद् भनेको सार्वभौम हो, यो मिनि पाल्र्यामेण्ट हो,’ मोदीले भने, ‘सार्वजनिक विषयका कुरा, हामीलाई लागेको विषय, त्यसमध्ये पनि हामी माओवादी प्रतिपक्षमा छौँ। हामीले बोलेका विषयमा तपाईंले रोक्नुहुन्छ। यो दुर्भाग्य हो। हामीलाई प्रतिबन्ध लगाउन पाउनु हुन्न। सार्वजनिक लेखा समिति प्रतिपक्षको हुनुपर्छ भनेर बोल्दा तपाईंहरु हुनु हुँदैन, हुँदैन भन्नेरु तपाईंहरुको हामी दास हो ररु माओवादी पार्टीको कुरा हो नि यो।’
उनले सार्वजनिक लेखा समिति सभापतिमाथि सत्तापक्ष रहन्जेलसम्म प्रश्न रही रहने समेत बताए। हिजोको बैठक कांग्रेसका प्रमुख सचेतक श्याकुमार घिमिरले समिति सभापतिको विषय राजनीतिक भागबन्डाको कुरा भएको भन्दै अबदेखि यो विषय नउठाउन आग्रह गरेका थिए।







प्रतिक्रिया दिनुहोस्