ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुलो धुवाँबाट आँखा बचाउन चिकित्सकको सुझाव


admin
चैत्र १२, २०७४ सोमबार   ११ : ५२   बजे

चितवन, १२ चैत । गर्मी शुरु भएसँगै ठाउँ ठाउँमा लागेको डढेलो, धुलोलगायत कारण यसको प्रत्यक्ष प्रभाव आँखामा पर्न थालेको छ । 


तराईदेखि पहाडसम्मका राष्ट्रिय वन, सामुदायिक वन, निकुञ्ज, निजी वनमा यतिबेला डढेलो लाग्ने गरेको छ । कतिपय ठाउँमा घाँसे मैदान व्यवस्थापनका लागि आगलागी पनि गर्ने गरिएको छ । धुलो र खरानी टाढा टाढासम्म फैलिएर मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।

श्वासप्रश्वाससँगै आँखा रातो हुने, बिझाउने, धुलोका कण नानीमा अड्किएर घाउ हुनेजस्ता समस्या देखिएका छन् । भरतपुर आँखा अस्पतालका डा पुष्पा गिरी श्रेष्ठ धुलो धुवाँका कारण विभिन्न समस्या लिएर बिरामी आउन थालेको बताउनुहुन्छ । उहाँले आँखालाई धुवाँ धुलोबाट बचाउन सकेसम्म चस्मा लगाउने, सम्भव नभए घरबाट बाहिरिँदा र फर्किंदा सफा पानीले आँखा सफा गर्न सुझाव दिनुहुन्छ ।

उहाँले आँखा बचाउनका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिनुभयो । यद्यपि समय समयमा आँखालाई विस्तारै सफा पानीले सफा गरेमा समस्या कम हुने डा श्रेष्ठको भनाइ छ ।

घरबाट खेतबारीमा होस् वा शहर बजार जहाँ जाँदा पनि आँखा सफा पानीले सफा गरेर जाने, सम्भव भएको समयमा सफा पानीले सफा गरिरहने र घर फर्किएपछि पनि सफा गर्ने गरेमा आँखालाई बचाउन सकिने श्रेष्ठ बताउनुहुन्छ ।

तराई र भित्री मधेशको आकाश यतिबेला धुलोका कण, धुवाँ र खरानीले भरिएको छ । ती सबै आँखाका लागि हानिकारक छन् । रुख बिरुवाको पालुवा पलाउने समय भएकाले यतिबेला त्यसकै कारण पनि आँखामा एलर्जी हुने हुँदा त्यसबाट जोगिन उहाँले सुझाव दिनुभयो । आँखामा धुलो धुवाँ पसेर अप्ठ्यारो भएमा नमिच्न र दबाब हुने गरी पानी नपार्न उहाँले आग्रह गर्दै तत्काल आँखा अस्पताल वा स्वास्थ्य संस्थामा जान सुझाव दिनुभयो ।

अस्पतालमा आँखा पाकेर, संक्रमण भएर, नानीमा घाउ भएर बिरामी आउन शुरु गरेको भन्दै डा श्रेष्ठले बालबालिका र वृद्धवृद्धालाई पनि सन्देश दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group