काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ (इयु) को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले तयार पारेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले निर्वाचन पर्यवेक्षणका नाममा इयुले नेपालको संविधानका भावनामा आँच पु¥याउने गरी प्रतिवेदन ल्याएको जनाउँदै भन्नुभयो, “नेपाललाई होच्याएको हो रु हेपेको हो रु मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौँ, इयुलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुस् ।”
पर्यवेक्षणका नाममा आई धर्म प्रचार गर्ने र त्यसको प्रतिशोध प्रतिवेदनमा लिन नहुने बताउँदै उहाँले नेपाल सामाजिक न्याय र समानताका लागि काम गर्ने सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको हुँदा कुनै भ्रम नपाल्न उहाँले आग्रह गर्नुभयो ।
तत्कालीन सरकार निर्वाचन गराउन तत्पर नभएका अवस्थामा निर्वाचन आयोगको भूमिका प्रशंसनीय छ भन्दै उहाँले नेपाली जनताले सचेततापूर्ण र बलिदानीपूर्ण योगदानका कारण मुलुकमा अहिलेको अवस्था आउन सफल भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्