ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभाका सदस्यले प्रदेश र स्थानीय तहका प्रमुख, उपप्रमुखसँग बैठक गर्ने


abc news
जेष्ठ ७, २०८२ बुधबार  ५ : ४५ बजे

काठमाडौ ७ जेठ । राष्ट्रियसभाका सदस्यहरुले सातवटै प्रदेशका स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुसँग समन्वय बैठक गर्ने भएका छन्।

राष्ट्रियसभा नियमावलीअनुसार वर्षमा एक पटक सम्बन्धित प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग विकास निर्माण, स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापनलगायतका विषयमा समन्वय बैठक गर्ने प्रावधानअनुसार उनीहरूले समन्वय बैठक गर्न लागेका हुन्।

सोही प्रावधानअनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेठ ११ र १२ गते राष्ट्रियसभाका सदस्यहरुले समन्वय बैठक गर्नेगरि निर्धारण गरेका हुन्।

त्यसबारे जानकारी दिँदै उनले भने, ‘राष्ट्रिय सभा नियमावलीअनुसार राष्ट्रियसभाका सदस्यहरुले सम्बन्धित प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरुसँग सामान्यतया वर्षमा १ पटक विकास निर्माण, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन लगायतका विषयमा समन्वय बैठक गर्ने प्रावधान रहेको छ। यसै व्यवस्थाको कार्यान्वयनको प्रयोजनार्थ जेठ ११ र १२ गते सातवटै प्रदेशका मुकाममा स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुसँग समन्वय बैठक गर्नेगरि निर्धारण गरिएको छ।’

त्यसका लागि जेठ १० गते राष्ट्रियसभा सदस्यहरु आआफ्नो प्रदेशतर्फ प्रस्थान गर्नेछन्। कार्यक्रम सम्पन्न भएपछि काठमाडौँ फिर्ता हुने तय गरिएको छ।

राष्ट्रियसभाको सन्दर्भमा यो बैठक पहिलो पटक हुन गइरहेको भन्दै अध्यक्ष दाहालले भने, ‘यो एक ऐतिहासिक कार्यक्रमपनि रहेकोले सम्पूर्ण सदस्यहरु आफ्नो आफ्नो प्रदेशमा उपस्थित भई सक्रिय रुपमा सहभागी हुने र यसलाई उपलब्धीमूलक बनाउन योगदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सम्बन्धित

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com