ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७ वर्ष अघि हत्या, ७ वर्ष पछि पक्राउ


sharan sharan

बुटवल, ११ चैत्र ।
७ वर्ष पहिले एक दम्पत्तीको हत्यामा मुख्य योजनाकार भनिएका अर्जुन गौतमलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले फरार अभियुक्तकारुपमा खोजि गरिरहेका गौतमलाई गयराती भारतबाट नेपाल आउने क्रममा रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको हो ।
६७ सालमा बुटवल स्थित जेसिज चौकमा बिष्णु भण्डारी स्टोर्समा डकैती गरि पसल संचालक दम्पत्ती रमेश भण्डारी र आशा भण्डारीको हत्या गरि फरार रहेका भनिएका अर्जुनलाई प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजानीक गरेको छ । प्रहरीका अनुसार ६७ साल असार ९ गते दिनदहाडै पसलमा प्रवेश गरि गौतम र कृष्ण गौतमले ५ लाख १८ हजार दकैती गर्दै भण्डारी दम्पत्तीमाथी गोलि प्रहार गरेका थिए । गोलि प्रहारबाट श्रीमती आशा घटना स्थलमै र रमेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
भण्डारी दम्पत्तीको हत्यामा संलग्न अन्य भोलेबाबा भन्ने शम्भु गौतम, निम प्रसाद थापा, श्याम प्रसाद बिक, पुरन श्रीस, राजु गलामी लगायतलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरु मध्य पुरन श्रीस र राजु गलामी रिहा भएको र अन्य पुरपक्षकालागि कारगारमा रहेको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपालमा अपराध गरेर भारतमा बच्न सकिन्छ की भन्ने भ्रम चिर्न प्रहरी सफल भएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामप्रसाद ज्ञवालीले बताउनुभयो ।
गौतमसंगै प्रहरीले पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)

पाल्पा संग्राहलय : सामाग्री संरक्षण अभावमा अलपत्र बन्दै (भिडियोसहित)

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही (भिडियोसहित)

बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)

रुपन्देहीको बेलबासबाट चरेस पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com