काठमाडौ ७ जेठ । चालू आर्थिक वर्षको १० महिनामा ९ हजार ८५९ विद्युतीय गाडी आयात भएका छन्।
सरकारले विद्युतीय गाडीमा कर बढाउने पूर्वअनुमानका आधारमा वैशाखमा आयात ह्वात्तै बढेको हो।
चैत मसान्तसम्म ७ हजार ९६७ विद्युतीय गाडी भित्रिएकोमा वैशाखमा १८ सय ९२ बढी गाडी भित्रिएका हुन्।
भन्सार विभागका अनुसार वैशाखसम्म ५० किलोवाटका गाडी ३ हजार ३६९ भित्रिएका छन्। त्यसैगरी ५१ देखि १०० किलोवाटसम्म ५ हजार ५३४ गाडी भित्रिँदा १०० देखि २०० किलोवाटसम्म ९२७ गाडी भित्रिएको उल्लेख छ।
यसबाहेक २०० किलोवाट माथिका २० गाडी मात्रै भित्रिएका छन्। वैशाखसम्म पेट्रोल र डिजेलका ३२ सय ४४ गाडी भित्रिएका छन्।
वैशाखसम्म ८२ अर्ब २४ करोड रुपैयाँका सवारी साधन तथा तिनका पार्टस आयात भएका छन्।







प्रतिक्रिया दिनुहोस्