ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसका ६ पूर्वपदाधिकारी गोपालमानको ‘अपार्टमेन्ट’मा, सभापतिलाई ध्यानाकर्षण गराउने निष्कर्ष


abc news
जेष्ठ ४, २०८२ आईतबार   ४ : २२   बजे

काठमाडौ ४ जेठ । नेपाली कांग्रेसका ६ पूर्वपदाधिकारीहरू पुनस् भेट गरेका छन्। पार्टीको आसन्न महाधिवेशन केन्द्रित गर्न नेताहरू पूर्वउपसभापति गोपानमान श्रेष्ठको अपार्टमेन्टमा भेट गरेका हुन्।

आज आइतबार नेताहरू श्रेष्ठ, विमलेन्द्र निधि, डा। शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा।प्रकाशशरण महतबीच भेट भएको हो।

ुनेपाली कांग्रेसका प्रभावशाली पूर्वपदाधिकारीहरू पार्टीको भावी अधिवेशन र वर्तमान राजनीतिक विषयमा छलफल भएको छु कांग्रेसका एक नेताले भने।

सानेपाको साम्स अपार्टमा भएको छलफलमा नेताहरूले आगामी महाधिवेशनमा कसरी सहकार्य भन्नेबारे छलफल गरेको बताइएको छ।

नेता सिटौलाले छलफल एकघण्टासम्म चलेको बताए। देशको समसामियक राजनीतिक र पार्टीको आन्तरिक राजनीतिबारे छलफल भयो। पार्टीको क्रियाशील नवीकरण चलिरहेको छ। यो तोकिएको समयमा किन पूरा हुने अवस्था भएन भन्नेबारे कुरा भयो, उनले भने, हामी छलफलमा बसेका पूर्वपदाधिकारीहरू चाहन्छौँ( पार्टीभित्र वृहत एकता होस्, देश र जनतासामू आएका चुनौती सामना गर्न पार्टी समक्षम होस्। यसबारे सभापतिलाई भेटेर ध्यानाकर्षण गराउने भन्ने भएको छ। समय मिलाएर जान्छौँ।

कांग्रेसमा पार्टीको १५औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिमबाट को सभापति बन्ने भन्ने विषय चासोका साथ हेरिँदै आएको छ। देउवा तेस्रोपटक सभापति बन्न नपाउने विधानको व्यवस्थाअनुसार उनले आफ्नो समूहबाट कसलाई सभापतिको उम्मेदवार बनाउँछन् भन्ने टुंगो छैन। देउवा यसमा मौन छन्।

देउवा मौन बसिरहेपछि गत फागुन २ गते संस्थापन समूहमा रहेका ११ जना नेताले देउवाकै निवास बूढानीलकण्ठमा भेटेर सभापतिको उम्मेदवार तोक्न आग्रह गरेका थिए।
नेताहरू आज पनि यसै विषयमा छलफलमा जुटेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

सम्बन्धित

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group