काठमाडौ ३ जेठ । प्रधानमन्त्री एवम् नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले गलत विचारका आधारमा वाम एकता हुन नसक्ने बताउनुभएको छ ।
पार्टीका तत्कालीन महासचिव मदन भडारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३२औं स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुमा भएको कार्यक्रममा उहाँले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको हो ।
एमाले अध्यक्ष ओलीले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिनुभयो ।
आफूहरूको नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको पनि उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीसहित नेता कार्यकर्ताले दिवङ्गत मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत सहभागी हुनुुहुन्थ्यो ।







प्रतिक्रिया दिनुहोस्