ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परीक्षा केन्द्र परिवर्तन गरिएपछि सिराहा क्याम्पसका विद्यार्थी सडकमा


abc news
जेष्ठ ३, २०८२ शनिबार  १० : ३७ बजे

काठमाडौ ३ जेठ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र अन्यत्र सारेको भन्दै सिराहाका सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसका विद्यार्थी विरोधमा उत्रिएका छन्।

यही जेठ ५ गतेदेखि सञ्चालन हुने स्नातक तह अन्तर्गत विभिन्न संकायका परीक्षाका लागि सिराहा क्याम्पसको परीक्षा केन्द्र झन्डै ५० किलोमिटर टाढा सारिएको भन्दै विद्यार्थी विरोधमा उत्रिएका हुन्। विभिन्न चलखेल तथा षड्यन्त्रका कारण परीक्षा केन्द्र ५० किमी टाढा पुर्याइएको आरोप विद्यार्थीले लगाएका छन्।

सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई दुःख दिने तथा विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्नेगरी परीक्षा केन्द्र टाढा लगिएको भन्दै आपत्ति जनाएको छ।

‘परीक्षार्थीलाई परीक्षामा सहभागी हुन असहज हुने हुने गरी त्रिविद्वारा गरिएको यस विभेदपूर्ण कार्यप्रति स्वतन्त्र विद्यार्थी युनियन सिराहा घोर आपत्ति जनाउँदछ’, विज्ञप्तिमा भनिएको छ।

स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा रहेको सिराहा बहुमुखी क्याम्पसमा सम्बन्धनप्राप्त क्याम्पसको परीक्षा केन्द्र हुनु पर्नेमा क्याम्पसको गरिमामा आँच आउने गरी सामुदायिक क्याम्पसमा परीक्षा केन्द्र कायम गर्नु दुखद भएको जनाएको छ।

स्वतन्त्र विद्यार्थी युनियन सिराहा क्याम्पसका सभापति पृथ्वी कुमार यादवले क्याम्पसको परीक्षा केन्द्र यसै क्याम्पसमा तोक्ने गरी भएको सहमतिलाई समेत उल्लङ्घन गर्दै बदनियतपूर्वक परीक्षा केन्द्र जेएस मुरारका क्याम्पसमा तोकिएकाले आन्दोलन गर्नुपरेको बताए।

‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकले आर्थिक प्रलोभनमा परी क्याम्पस प्रमुखको मिलेमतोमा परिवर्तन गरिएको परीक्षा केन्द्र संशोधन गर्न हिजो ९जेष्ठ २ गते० सम्मको समय दिएका छौँ, आज बिहानसम्म पनि कुनै पनि काम भएको छैन,’ उनले भने, ‘आजदेखि अनिश्चितकालीन क्याम्पसमा तालाबन्दी गर्ने तथा क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रवेश निषेध गर्ने गरी आन्दोलन कार्यक्रम घोषणा गरेका छौँ।’

यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मा परीक्षा नियन्त्रक, क्याम्पस प्रमुख तथा क्याम्पस प्रशासनले नै लिनुपर्ने विद्यार्थीको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक, सिरहा क्याम्पसका प्रमुख र त्रिभुवन विश्वविद्यालयका अन्य नेतृत्वको नैतिकतामाथि नै विद्यार्थीले प्रश्न उठाएका छन्।

यसअघि क्याम्पस प्रशासन तथा विद्यार्थी सङ्गठनहरूसँग भएको छलफलपछि परीक्षा केन्द्र सिराहा क्याम्पसमा नै राख्ने गरी भएको सहमतिको समेत उल्लङ्घन भएको विद्यार्थीको ठहर छ।

विद्यार्थीले शनिबार बिहान सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।

उनीहरुले शुक्रबार साँझ पनि सिराहामा केहीबेर चक्काजाम गरेका थिए। सडक अवरुद्ध गर्दै विद्यार्थीले क्याम्पसको परीक्षा केन्द्र सिराहामा नै राख्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com