ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा संवादको आज दोस्रो दिन – प्रधानमन्त्री ओलीद्वारा अतिथिलाई रात्रिभोज


abc news

काठमाडौ ३ जेठ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ आज दोस्रो दिन पनि काठमाण्डौमा चलिरहेको छ । हिजोदेखि शुरू भएको सम्मेलन भोलिसम्म चल्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादका अतिथिको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गर्नुभयो । सगरमाथा संवादमा विभिन्न देशका एक सय ७५ जना विदेशी पाहुना सहभागी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वदेशी र विदेशी गरी तीन सय ५० जना भन्दा धेरै विशिष्ट व्यक्तित्व संवादमा सहभागी छन् । हिजो उद्घाटन समारोहपछि पूर्ण सत्र र समानान्तर सत्र सञ्चालन भयो ।

सबै सत्र आज बेलुकासम्म सक्ने कार्यसूची छ । यो संवादले काठमाण्डौ घोषणा पत्र जारी गर्नेछ ।

हिजोको संवादमा सहभागी सरोकारवाला विज्ञहरुले अन्तर्राष्ट्रिय जलवायु सङ्कट समाधानमा सामूहिक प्रतिबद्धतामा जोड दिएका छन् ।

साथै हिमालदेखि महासागरसम्मको मुद्दालाई समेट्ने गरी जलवायु परिवर्तनबारे निरन्तर बहस आवश्यक रहेको औँल्याएका छन् ।

त्यस्तै नेपालले हिमालहरु विश्वका विभिन्न वार्ताहरुमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्व समुदायसँग खबरदारी गरेको छ ।

सरकारले जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रतिबद्धतासहितको ‘तेश्रो राष्ट्रिय निर्धारित योगदान’ सार्वजनिक समेत गरेको छ ।

नेपालले संरक्षणमा गरेका आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउने र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्नका लागि यो संवाद उपयोगी हुने विश्वास गरिएको छ ।

नेपालले हरेक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com