ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी जनजागरण अभियानमा मर्निङवाक क्रेजः प्रचण्ड-पासाङबीच सेना संवाद


abc tv

डण्ड गुरुङ/दिपायल ३ जेठ। नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको आज तेस्रो दिन । शुक्रबार साँझ दिपायल आइपुगेका अध्यक्ष प्रचण्डसहितका नेताहरु सदाझै शनिवार बिहानै मर्निङ वाकमा निस्किए ।

माओवादी जनजागरण अभियानमा देखिएका मर्निङ वाक आकर्षण छुट्टै छन् । जनता नजिक पुग्ने अभियानअन्तर्गत नै बिहानी हिडाई रहेको नेताहरु बताउँछन् ।

शनिवारको मर्निङ वाकका केही रोचक प्रसंगले झनै रौनकता थपिएको थियो ।

प्रचण्ड दिपायलस्थित एकजना कार्यकर्ताको घरमा बास बसेका थिए । अन्य नेताहरु कोही कार्यकर्ता त कोही होटलमा बास बसे ।

प्रचण्ड दिपायल बजारबाट अघि बढ्दै जाँदा उपाध्यक्ष तथा पूर्वउपराष्टपति नन्दबहादुर पुन पासाङ भने सेती पुलमा पुगिसकेका थिए । केही कार्यकर्ता र अंगरक्षकसहित पुलमा प्रचण्ड आउने बाटो कुर्दै थिए । उनी भन्दै थिए, ‘सिएम आउनुहुन्छ अनि अघि बढौला ।’

डोटी सदरमुकाम दिपायलमा प्रचण्डको मर्निंग वाक

प्रचण्डसहित नेताहरुको टोली पुल पुग्दा पासाङ अघिअघि नै बढे । वाइसिएलका टीमसहित पासाङ दौडिए । टोली डोटी विमानस्थलसम्म पुग्यो । फर्कँदा पनि पासाङ प्रचण्डकै अघिअघि नै दौडिए ।

https://www.facebook.com/share/v/16JpVgfZQN

दिपायल बजार आइपुगेपछि बल्ल प्रचण्ड र पासाङको भेट भयो । पासाङलाई प्रचण्डले भने, ‘तपाई त आर्मी कमाण्डर जत्तिकै कमाण्ड गरेर दौडिनुभा’छ । मुसुक्क मुस्कुराउँदै पासाङले भने, ‘आवश्यक परे फेरि पनि कमाण्ड गर्न तयार छु ।’

प्रचण्ड र पासाङबीचको यो संवाद रोचक बन्यो । पासाङ आफ्नो बासस्थानतिर लागे ।

आमजनसमुदायमा पुग्ने उद्देश्यका साथ जनजागरण अभियान अघि बढाइरहेका माओवादीले मर्निङवाकलाई पनि जनतासमक्ष पुग्ने माध्यमका रुपमा लिएका छन् ।

आफ्ना अध्यक्षसँगै हिड्न पाउँदा नेता, युवा, विद्यार्थीहरुमा पनि खुशियाली देखिन्थ्यो । सर्वसाधारण पनि प्रचण्ड हिडेरै आफ्ना घरआँगनमा आएको देख्दा छक्क परेर अभिवादन गरिरहेका देखिन्थे ।

विगतका अभियानभन्दा यसपटक फेरिएको प्रचण्ड शैली केही हदसम्म जनमुखी देखिएका छन् । विगतमा आकर्षक होटलहरुमा बसोबास रहने माओवादी नेताहरु यसपटकको अभियानमा कार्यकर्ता घरमा बास बस्ने गरेको देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com