ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


abc news

काठमाडौं, २ जेठ । सर्वोच्च अदालतले रवीन्द्र मिश्रलाई थुना मुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरू डा। कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । सर्वोच्चको आदेशसँगै ४८ दिन थुनामा बसेर मिश्र हाजिर जमानीमा थुनामुक्त भएका छन् । यसअघि सातपटकसम्म काठमाडौं जिल्ला अदालतबाट म्याद थप भइ थुनामा रहेका मिश्रका तर्फबाट श्रीमती सारिका कार्कीले वैशाख ३० मा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । उक्त रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउँसहित बन्दी उपस्थित गराउने आदेश गरेको थियो । शुक्रबार दिनभरको बहसपछि न्यायाधीशद्वय चुडाल र श्रेष्ठको इजलासले थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनीसहितमा प्रदर्शनकारीलाई उक्साएको आरोपमा त्यसै दिन पक्राउ परेका मिश्र अदालतको आदेशमा म्याद थप हुँदै थुनामा थिए ।
उक्त घटनामा पक्राउ परेका अन्य आरोपितहरू मनोजकुमार मण्डल, मनीषकुमार शाही, पशुपति खड्का, मुनिन्द्र राजभण्डारीको बन्दीप्रत्यक्षीकरण रिट भने सर्वोच्चले यसअघि खारेज गरिदिएको छ । एकै घटना तथा वारदातमा संलग्न सामान्य नागरिकको हकमा एउटा विधि तथा पद्धति तथा धनी र ‘सेलिब्रिटीहरू’का लागि फरक व्यवहार गरिनु संविधानले स्वीकार गरेको मौलिक हक, समानताको सिद्धान्त तथा विधिको शासनप्रति प्रतिबद्ध नेपालको फौजदारी न्याय प्रशासनमा स्वीकार्य हुन नसक्ने भन्दै महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए । तर, सर्वोच्चले भने रवीन्द्रको हकमा बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्दै उनलाई हाजिर जमानीमा छोड्न आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com