काठमाडौ १ जेठ । भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानलाई दुष्ट राष्ट्रुको संज्ञा दिएका छन्।
बिहीबार जमु(कश्मीरको श्रीनगरस्थित बदामीबाग क्यान्टोनमेन्ट पुगेका उनले पाकिस्तानले आणविक धम्की दिएको आरोप लगाए।
उनले भने, ुपाकिस्तानले कति गैरजिम्मेवार ढंगले भारतलाई आणविक धम्की दिएको छ भन्ने कुरा सारा संसारले देखेको छ। आज श्रीनगरको भूमिबाट म सारा संसारसामु यो प्रश्न उठाउन चाहन्छुस् यस्तो गैरजिम्मेवार र ुदुष्ट राष्ट्रुको हातमा आणविक हतियार सुरक्षित छन्रु मलाई विश्वास छ( पाकिस्तानको आणविक हतियारहरू अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको निगरानीमा छ।ु
समाचार एजेन्सी पीटीआईका अनुसार रक्षामन्त्री राजनाथ सिंह जम्मु(कश्मीरको सुरक्षा अवस्थाको समीक्षा गर्न पुगेका छन्।
गत अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणमा २६ जनाको हत्या गरिएपछि एकअर्काविरुद्ध सैन्य हमलामा उत्रिएका भारत र पाकिस्तानबीच मे १० मा मात्र युद्धविराम सहमति भएको छ।
प्रतिक्रिया दिनुहोस्