ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रणालीमा आउने गडबडीलाई लोडसेडिङको रुपमा नबुझौ : कार्यकारी निर्देशक घिसिङ


admin

काठमाडौँ, ११ चैत । औद्योगिक करिडोरबाहेक मुलुकका कुनै पनि स्थानमा विद्युत्भार कटौती नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राविधिक समस्याका कारण विद्युत् कटौती हुनुलाई विद्युत्भार कटौती भन्न नमिल्ने स्पष्ट पार्दै प्राधिकरणले विद्युत् आपूर्तिका हिसाबले कही कतै पनि समस्या नभएको जनाएको छ ।

काठमाडौँ उपत्यकालगायत मुलुकका कुनै पनि स्थानमा विद्युत् कटौती गर्नुपर्ने अवस्था नभएको जानकारी दिँदै प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक तीन घण्टा विद्युत् कटौती हुने गरेको भए पनि घरायसी ग्राहकलाई पूर्णरुपमा विद्युत् आपूर्ति भइरहेको उल्लेख गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो,“प्रणालीमा आउने प्राविधिक गडबडीले केही बेर विद्युत् जाँदैमा त्यसलाई विद्युत्भार कटौतीको रुपमा बुझ्नु हुँदैन ।”

हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा सामान्य गडबडी हुँदा विद्युत् आपूर्तिमा समस्या हुने गरेको र विगतमा पनि यस्तो अवस्था रहने गरेको उहाँको भनाइ थियो ।

विगतमा लगातार विद्युत् कटौती हुँदा त्यस्तो समस्या कम मात्रै सार्वजनिक हुने गरेको उल्लेख गर्दै प्राधिरकणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको समूह २४ सै घण्टा तयारी अवस्थामा राखिएको जनाएको छ ।

सडक तथा खानेपानी पाइप विस्तारका कारण प्रसारण प्रणालीका भूमिगत तारमा क्षति पुगेको, केही स्थापनमा खम्बा तथा टान्सर्फमर सार्नुपर्ने जस्ता कारणले केही क्षेत्रमा विद्युत् काट्नुपर्ने वाध्यता प्राधिकरणलाई छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही दिन अघि विद्युत् आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिट्टो र छरितोरुपमा समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिइसक्नु भएको छ ।

प्राधिकरणले विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्रसारण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाइ रहेकोसमेत जानकारी दिएको छ । प्राधिकरणले मर्मत सम्भारको कामलाई समेत छोटो समयमा पूरा गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com