काठमाडौ १ जेठ । भारतीय सेनाले मणिपुरको चन्देलमा मुठभेडमा कम्तीमा १० जना मारिएको दाबी गरेको छ।
भारतीय सेनाले बुधबार राति भनेको छ, मणिपुरको चन्देल जिल्लामा आसाम राइफल्सको एक युनिटसँगको मुठभेडमा कम्तीमा दश उग्रवादी मारिएका छन्।
भारत(म्यानमार सीमानजिक चन्देल जिल्लाको नयाँ समताल गाउँनजिकै सशस्त्र उग्रवादीहरूको आवागमनबारे विशेष गुप्तचर सूचनाका आधारमा मे १४ मा आसाम राइफल्स युनिटद्वारा संयुक्त अपरेशन सुरु गरिएको थियोु, भारतीय सेनाको पूर्वी कमान्डले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भनेको छ।।
सेनाको पूर्वी कमान्डले जनाएअनुसार अपरेसनका क्रममा संदिग्ध उग्रवादीहरूले सैनिकहरूमाथि गोली चलाएका थिए, जसको परिणामस्वरूप १० आतंककारी मारिए।
यस क्रममा हतियार र गोला बारुदको ठूलो भण्डार बरामद पनि गरिएको सेनाले दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस्