ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्वपूर्ण –  परराष्ट्रमन्त्री


abc news

काठमाडौ ३१ बैशाख । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने बताएकी छिन्।

दक्षिण एशियाका लागि जलवायु अनुकूलन र सहनशिलता सम्बन्धी बुधबार काठमाडौँमा आयोजित कार्यशालामा उनले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभएर विश्वव्यापी समस्या रहेकाले त्यसै बमोजिमको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने स्पष्ट पारिन्।

मन्त्री डा राणाले भनिन्, ‘यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरु पर्याप्त छैनन्। त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लेटफर्म निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना गरेको हो। त्यसैले यो सबैको साझा मञ्च हो।’

हालैका वर्षहरूमा नेपालले तापक्रम वृद्धि, अनियमित वर्षा र बाढी, हिमताल विस्फोट, खडेरी, बन डढेलो लगायतका जलवायुजन्य गम्भीर प्राकृतिका प्रकोपको सामना गरिरहेको दृष्टान्त पेस गर्दै यस्ता समस्याहरु यस क्षेत्रकै समस्या रहेकाले तिनको निकासका लागि यो कार्यक्रम महत्वपूर्ण रहने पनि बताइन्।

उनले भनिन्, ‘नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरुमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्वपूर्ण हुनेछ।’

मन्त्री डा राणाले आगामी शुक्रबारदेखि काठमाडौँमा आयोजित यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्वपूर्ण प्लेटफर्म रहेकाले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल हुने जानकारी पनि दिइन्।
सो कार्यक्रममा मन्त्री डा राणाले नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लागू गरेको र यससम्बन्धी नीति तथा रणनीतिक कार्य योजनाहरु निर्माण गरी काम गरिरहेको जानकारी गराइन्।

नेपाल पेरिस सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध रहेको जानकारी दिँदै मन्त्री डा राणाले सरकारले हरित ऊर्जाको प्रवद्धन, विद्युतीय सवारी साधनको प्रयोग, सामुदायिक वनसहितको वन विस्तारलाई प्रोत्साहन तथा जलाशय, राष्ट्रिय निकुञ्ज र अन्य प्राकृतिक सम्पदाको संरक्षण सम्बन्धी नीतिहरू लिएको जानकारी पनि दिइन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com