ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेजु एअर विमान दुर्घटना : पीडित परिवारले यातायातमन्त्रीसहित १५ जनाविरुद्ध उजुरी दर्ता गरे


abc news

काठमाडौ ३१ बैशाख । दक्षिण कोरियामा गएको डिसेम्बर महिनामा भएको जेजु एअरको विमान दुर्घटनाका पीडित परिवारले यातायातमन्त्री र एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सहित १५ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् ।

विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका केही परिवारले यातायातमन्त्री पार्क साङ्ग वू र जेजु एअरका सीईओ किम ई–बेसहित १५ जनाविरुद्ध व्यावसायिक लापर्बाहीको आरोपमा उजुरी दर्ता गरेका बीबीसीले जनाएको छ ।

एक सय ८१ जना सवार रहेको विमान दुर्घटना हुँदा एक सय ७९ जनाको ज्यान गएको थियो । यो दक्षिण कोरियाली भूमिमा भएको सबैभन्दा घातक विमान दुर्घटना हो । पीडित परिवारहरूले त्यो दुर्घटना साधारण नभएको तर रोकथाम गर्न सकिने जोखिमहरूको व्यवस्थापनामा लापर्बाही गरेका कारण ठूलो नागरिक विपत्ति भएको आरोप लगाएका खबरमा उल्लेख छ ।

झन्डै पाँच महिना बितिसक्दा पनि अधिकारीहरूले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनाग्रस्त हुनु र त्यसपछि आगो लाग्नुको कारण के हुन सक्छ भन्नेबारेमा अध्ययन गरिरहेका छन् ।

यो पछिल्लो उजुरी दर्ता हुनुभन्दा पहिले नै प्रहरीले आपराधिक अनुसन्धान शुरू गरिसकेको थियो र जेजु एअरका सीईओलाई देश छोड्न प्रतिबन्ध लगाएको थियो तर घटनामा कसैलाई पनि अभियोग लगाइएको छैन ।

उजुरीमा नाम उल्लेख गरिएका १५ जनामध्ये निर्माण, सुपरिवेक्षण, सुविधा व्यवस्थापन र चरा नियन्त्रणका लागि जिम्मेवार सरकारी अधिकारी, एअरलाइन्सका अधिकारी र विमानस्थलका कर्मचारीहरू छन् ।

गएको डिसेम्बर २९ मा जेजु एअरको बोइङ ७३७–८०० विमान थाइल्यान्डको राजधानी बैंककबाट दक्षिण कोरियाको मुआनका लागि उडेको थियो । यो विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा ‘नेभेगेशन’ का लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

यस वर्षको शुरूमा अनुसन्धानकर्ताहरूले विमानको दुवै इन्जिनमा चराको प्वाँख फेला पारेको बताएका थिए तर चरा ठोक्किनु दुर्घटनाका लागि कति हदसम्म योगदान पुर्‍याउने कारक थियो भन्ने निष्कर्ष निकालेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com