काठमाडौ ३१ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ।
गएको चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका बेला भएका हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा मिश्र ४८ दिनदेखि हिरासतमा छन्।
उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै मंगलबार मिश्रकी पत्नी सारिका कार्कीले बन्दी प्रत्येक्षीकरण निवेदन दायर गरेकी थिइन्।
उने मिश्रलाई पक्राउ गर्ने प्रहरी कार्यालयदेखि थुनामा राख्न अनुमति दिने जिल्ला अदालत समेतलाई विपक्षी बनाउँदै तत्काल रिहा गर्न आदेश माग गरेकी छन्।
राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मिश्रमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। मंगलबार उनलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
प्रतिक्रिया दिनुहोस्