काठमाडौ ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी कार्यालय एक(एक रुपैयाँमा बनाउँछौँ भन्ने निस्किएको भन्दै कटाक्ष गरेका छन्।
मंगलबार बालुवाटारमा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले बैंकले समेत एक रुपैयाँ साटेर नदिने टिप्पणी गरे।
‘एक(दुईवटा साना कामहरूमा साथी भाइहरु बहुत हौसिन्छन्, हामी छौँ भन्छन्, चन्दा उठाउँछन्,’ ओलीको भनाइ छ, ‘अस्ति हाम्रो पार्टी अफिस एक(एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए। एक(एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे। एक(एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ। चन्दा एक(एक रुपैयाँ कहाँ साटेर ल्याउनेरु दिँदैन त्यो पनि।’
पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट दान लिने निर्णयको विरोध गर्दै नेकपा एमालेका नेताहरु वृन्दा पाण्डे, उषाकिरण तिम्सिना लगायतले कार्यकर्ताबाट एकरएक रुपैयाँ चन्दा उठाएर पनि बनाउन सकिने अभिव्यक्ति दिएका थिए।
गुरुङबाट दान लिने निर्णय गरेका पाण्डे, तिम्सिना र भीम रावललाई एमालेले स्पष्टीकरण सोधेको थियो। त्यसको जवाफ चित्तबुझ्दो नभएको भन्दै रावललाई पार्टीबाटै निस्काशन गरिएको थियो भने दुई जनालाई ६ महिना निलम्बन गरिएको थियो।
तर, ६ महिना पुरा भए पनि एमालेले अझै उनीहरुमाथिको निलम्बन फुकुवा गरेको छैन।
प्रतिक्रिया दिनुहोस्