ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बिमा विस्तार गर्न नसके राज्यले उपचारको दायित्व वहन गर्न सक्दैन- मन्त्री पौडेल


abc news
बैशाख ३०, २०८२ मंगलबार  ४ : ४७ बजे

काठमाडौ ३० बैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रम बिस्तार गर्न नसके उपचारको क्षेत्रमा राज्यले दायित्व वहन गर्न नसक्ने बताएका छन्।

नर्सिङ् तथा सामाजिक सुरक्षा महाशाखाले गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वर्षेनी सर्ने तथा नसर्ने रोगीको संख्या बढ्दा गएकाले अब उपचारको दायित्व लिन सक्ने अवस्था नभएको बताएका हुन्।

‘नयाँ रोगको जोखिम बढ्दै गएको छ, वर्षेनी बिरामीको संख्या बढ्दै गएको छ, अब राज्यले उपचारको जिम्मा लिन सक्दैन्,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बिमा कार्यक्रम बढाउन सकिएन भने बिरामीको उपचार गर्न नसक्ने अवस्था छ।’

स्वास्थ्यमन्त्री पौडेलले उपचारमा राज्यले बहन गर्न सक्ने एउटा मात्र उपाय स्वास्थ्य बिमा कार्यक्रम भएको जनाए। उनले स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्न स्वास्थ्य मन्त्रालयले मात्र नसक्ने बताए।

‘स्वास्थ्य बिमाको जिम्मा सरकारले नै लिनु पर्छ। स्वास्थ्य मन्त्रालयले मात्र स्वास्थ्य बिमा कार्यक्रम लागू गराउन सक्दैन्’ मन्त्री पौडेलले भने।

उनले थपे, ‘स्वास्थ्यमा राज्यको बजेटको ४ प्रतिशत मात्र बजेट लगानी हुन्छ। स्वास्थ्यमा बजेट नै कम छ, वर्षेनी बिरामी बढ्दै छन्, अब तोकिएका रोगहरूको पनि निशुल्क उपचार गराउन सँकिदैन।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com