ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकताबद्ध भएर अगाडि बढ्न अध्यक्ष प्रचण्डको आह्वान


admin

काठमाडौँ, १० चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको नयाँ अवसर प्राप्त भएकाले एकताबद्ध भएर अगाडि बढ्न पार्टीको अभियानमा सहयोग पु¥याउन आह्वान गर्नुभएको छ ।

रोल्पा–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विचार, परिवर्तन र पहिचानको प्रतीकका रुपमा रहेको रोल्पाली अभियानलाई बचाइराख्न एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “विचारसहितको नेतृत्व, संगठन र जनताबीचको विश्वास कायम रहेसम्म ठूलो परिवर्तन गर्न सकिन्छ ।” उहाँले धेरै अप्ठ्यारा दिनमा राजनीति र फौजी अभियानका बेला आफूले रोल्पाबाटै समस्या सुल्झाएको भन्दै रोल्पा विश्वव्यापी पहिचान बनेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा रोल्पाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा अघि बढ्ने राजनीतिक परिवर्तनलाई पनि एकताबद्ध भएर सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभामा चितवनबाट निर्वाचित अध्यक्ष दाहाललाई रोल्पा–काठमाडौँ सम्पर्क मञ्चले सम्मान गरेको थियो । त्यसैगरी, अध्यक्ष दाहालले रोल्पामा जन्मिएर देशका विभिन्न स्थानबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्नुभएको थियो ।

सम्मानित हुनेमा सभामुख कृष्णबहादुर महरा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रतिनिधिसभा सदस्य ओनसरी घर्ती र जयपुरी घर्तीसहित प्रदेशसभा सदस्य कुलप्रसाद केसी, भावना सुवेदी, लालकुमारी पुन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्ती र राजकुमार कुँवर हुनुहुन्छ । उहाँहरु सबैको जन्मथलो रोल्पा हो ।

सो अवसरमा सभामुख महराले रोल्पा परिवर्तनको प्रतीक र पहिचान भएको बताउनुभयो । उहाँले समृद्ध रोल्पा नै सबैको नारा हुनुपर्ने उल्लेख गर्नुभयो । रोल्पाले परिवर्तनको नेतृत्व गरेको बताउँदै सभामुख महराले भन्नुभयो, “प्रचण्डलाई रोल्पाले विश्वास ग¥यो, रोल्पालाई प्रचण्डले विश्वास गर्नुभयो, यो विश्वासलाई अझ माथि उठाउनुपर्छ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले विकास र पूर्वाधारसहित समाज विकासलाई अगाडि बढाउने बताउँदै भन्नुभयो, “रोल्पाको विकासलाई विशेष प्राथमिकता दिनेछु, शिर झुकाउने गरी काम गर्ने छैन ।”

उहाँले वाम आन्दोलनको ध्रुवीकरण गर्न प्रचण्डले उठाउनुभएको झण्डामा गोलबन्द भई पार्टी एकीकरणको अभियानलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com