काठमाडौं २८ बैशाख । अमेरिका र चीनले सोमबार एक व्यापरिक सम्झौतामा पुगेको घोषणा गरेका छन् । सहमति अनुसार उनीहरूले एकअर्कामाथि लगाएका कठोर करहरूलाई अस्थायी रूपमा घटाउने भएका छन् ।
संयुक्त वक्तव्यमा, दुवै देशले ९० दिनका लागि आ–आफ्ना करहरू निलम्बन गर्ने र हालै स्विजरल्याण्डमा शुरु भएको वार्तालाई निरन्तरता दिने उल्लेख गरिएको छ । सम्झौता अनुसार, संयुक्त राज्य अमेरिकाले चिनियाँ आयातमा लाग्ने करलाई हालको १४५ प्रतिशतबाट ३० प्रतिशतमा झार्नेछ भने चीनले अमेरिकी सामानहरूमा लाग्ने आयात शुल्कलाई १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्नेछ।
ूहामीले साझा हित भएको निष्कर्ष निकाल्यौं,ू अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा ूदुवै पक्षका प्रतिनिधिमण्डलको सहमति छ कि कुनै पनि पक्षले डिकपलिंग चाहँदैन,ू भनेका छन् ।
राष्ट्रपति ट्रम्पले यो वर्ष चिनियाँ सामानहरूमा पटक–पटक कर लगाएका थिए तर दुवै पक्षले वार्ता गर्दा अस्थायी रूपमा ती करहरु घटानउ तयार भएका हुन् ।
यो सम्झौताले, हाललाई, चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापारलाई ठप्प पार्ने गतिरोधलाई तोडेको छ। धेरै अमेरिकी व्यवसायहरूले अर्डरहरू निलम्बन गरेका थिए, दुई देशहरूले कर दरहरू कम गर्ने सम्झौता गर्न सक्छन् भन्ने आशामा। अर्थशास्त्रीहरूले व्यापार विवादले विश्वव्यापी वृद्धिलाई सुस्त बनाउने, मुद्रास्फीति बढाउने र उत्पादन अभाव सिर्जना गर्ने चेतावनी दिएका थिए ।
चिनियाँ उत्पादकहरूले अमेरिकी करहरूबाट बच्न दक्षिणपूर्वी एसिया र अन्य क्षेत्रहरूसँग व्यापार विस्तार गर्न लागि परेका छन् ।
दुई देशको व्यापर वार्तामा अमेरिकी अर्थमन्त्री बेसेन्ट, प्रतिनिधि ग्रीर तथा चीनका आर्थिक नीतिका लागि उपप्रधानमन्त्री हे लिफेंग थिए ।
प्रतिक्रिया दिनुहोस्