ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारी कपमा आयोजक टिमको बिजयी सुरुवात, राष्ट्रपतिले गरिन उदघाटन् ।


sharan sharan
चैत्र ९, २०७४ शुक्रबार   १० : १४   बजे

बुटवल, ९ चैत्र
तेस्रो भण्डारी अन्तराष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स् एकेडेमी काठमाडौंले विजयी शुरुवात गरेको छ ।
बुटवलको रामनगरस्थित मानविज्ञान माविको मैदानमा भएको खेलमा सुदुर पश्चिम ११ लाई ५–१ गोल अन्तरले हराउंदै आयोजक क्वाटर फाइनलमा प्रवेश गरेको छ । मध्यान्तर अघि एक–एक गोलको बराबरी भएकोमा दोस्रो हाफमा आयोजक टिमले एकतर्फी चार गोल गरेको थियो । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको आयोजकको जितमा प्रकाश बुढाथोकीले खेलको १८ औं र ६४औं मिनेटमा दुई गोलको योगदान गरे भने विदेशी खेलाडी अबाले ७१ औं मिनेटमा, विशव अधिकारीले ७७ औं मिनेटमा र दिपेश आलेले ८९ औं मिनेटमा गोल गरे । सुदुर पश्चिमका लागि एक मात्र सान्त्वना गोल पूर्ण अन्जन बैंजूले ४४ औं मिनेटमा गरेका थिए । प्रतियोगिताको दोस्रो खेल आइतबार झापा ११ र एपीएफ क्लबबीच हुनेछ ।
यस अघि प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रममा बोल्दै ५ नम्बर प्रदेश सरकारका मुख्य मन्त्री शंकर पाखरेलले खेलकुदको बिकासले समाजलाई प्रतिस्पर्धा र एकता सिकाउने भएकाले खेलकुदको महत्वलाई प्रदेश सरकारले प्राथमीकतामा राख्ने बताउनु भयो ।
एक करोड बढी खर्चमा संचालन भएको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आयोजकका अनुसार सेमिफाइनल पुग्ने टिमले १÷१ लाख पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा नेपाल आर्मी, थ्रि स्टार, मलेसियाको हिमालयन फुटवल क्लव, झापा ११, एपिएफ क्लव, सुनौलो संगम, मनाङ मस्र्याङदी र नेपाल प्ुलिस सहभागि हुनेछन् । प्रतियोगिताको फाइनल चैत १९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

घरेलु मैदानमा क्यानडाको संघर्षपूर्ण सुरुआत, लारिन बने उद्धारकर्ता

दक्षिण कोरियाको रोमाञ्चक पुनरागमन, चेकियामाथि २–१ को जितसँगै विश्वकपमा विजयी सुरुआत

विश्वकपको उद्घाटनमै इतिहास : मेक्सिकोको जित, तीन रातो कार्ड र विश्वकपले देखायो नयाँ रेकर्ड

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

फिफा विश्वकप २०२६: फुटबलको नयाँ युग, नियमको क्रान्ति र ५० अर्ब डलरको सट्टेबाजी बजार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group