ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारी कपमा आयोजक टिमको बिजयी सुरुवात, राष्ट्रपतिले गरिन उदघाटन् ।


sharan sharan

बुटवल, ९ चैत्र
तेस्रो भण्डारी अन्तराष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स् एकेडेमी काठमाडौंले विजयी शुरुवात गरेको छ ।
बुटवलको रामनगरस्थित मानविज्ञान माविको मैदानमा भएको खेलमा सुदुर पश्चिम ११ लाई ५–१ गोल अन्तरले हराउंदै आयोजक क्वाटर फाइनलमा प्रवेश गरेको छ । मध्यान्तर अघि एक–एक गोलको बराबरी भएकोमा दोस्रो हाफमा आयोजक टिमले एकतर्फी चार गोल गरेको थियो । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको आयोजकको जितमा प्रकाश बुढाथोकीले खेलको १८ औं र ६४औं मिनेटमा दुई गोलको योगदान गरे भने विदेशी खेलाडी अबाले ७१ औं मिनेटमा, विशव अधिकारीले ७७ औं मिनेटमा र दिपेश आलेले ८९ औं मिनेटमा गोल गरे । सुदुर पश्चिमका लागि एक मात्र सान्त्वना गोल पूर्ण अन्जन बैंजूले ४४ औं मिनेटमा गरेका थिए । प्रतियोगिताको दोस्रो खेल आइतबार झापा ११ र एपीएफ क्लबबीच हुनेछ ।
यस अघि प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रममा बोल्दै ५ नम्बर प्रदेश सरकारका मुख्य मन्त्री शंकर पाखरेलले खेलकुदको बिकासले समाजलाई प्रतिस्पर्धा र एकता सिकाउने भएकाले खेलकुदको महत्वलाई प्रदेश सरकारले प्राथमीकतामा राख्ने बताउनु भयो ।
एक करोड बढी खर्चमा संचालन भएको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आयोजकका अनुसार सेमिफाइनल पुग्ने टिमले १÷१ लाख पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा नेपाल आर्मी, थ्रि स्टार, मलेसियाको हिमालयन फुटवल क्लव, झापा ११, एपिएफ क्लव, सुनौलो संगम, मनाङ मस्र्याङदी र नेपाल प्ुलिस सहभागि हुनेछन् । प्रतियोगिताको फाइनल चैत १९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com