ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आतंकवादबिरुद्धको लडाइँमा नेपालको समर्थन: परराष्ट्र मन्त्रालय


एबीसी न्यूज
बैशाख २५, २०८२ बिहीबार  ७ : ३६ बजे

काठमाडौं, २५ वैशाख। भारत र पाकिस्तानबीच बढ्दो तनावबारे नेपालले आधिकारिक धारणा सार्वजनिक गर्दै आतंकवादबिरुद्धको सबै खाले लडाइँलाई नेपालको समर्थन रहने उल्लेख गरेको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै पहलगाम आक्रमणमा नेपालले पनि भारतसँग पीडाको ऐक्यबद्धता गरेको उल्लेख गरेको छ। परराष्ट्र मन्त्रालयले पहलगाम आक्रमणमा नेपालले एक नागरिकसमेत गुमाएको र तत्कालै उक्त आक्रमणको कडा शब्दमा भर्त्सना गरेको उल्लेख गरेको छ।

नेपालले दुई देशबीच बढ्दो तनाव कम हुने आशा व्यक्त गरेको छ। साथै यस क्षेत्रको शान्ति र स्थायित्वका लागि नेपाल प्रतिबद्ध रहेको परराष्ट्रले जनाएको छ। यस्तै, नेपालले आफ्नो भूमि छिमिकीहरूविरुद्ध प्रयोग गर्न नदिने बताएको छ।

भारतको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २७ को ज्यान गुमेको थियो भने भारतले दुई सातापछि मंगलबार राति पाकिस्तानका ९ आतंकवादी अड्डाहरूमा आक्रमण गरेको थियो। भारतको आक्रमणपछि नेपालले आतंकवादबिरुद्धको लडाइँमा समर्थन रहने सार्वजनिक अभिव्यक्ति दिएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com