काठमाडौं, २५ वैशाख । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्नु न्यायोचित मान्न नसकिने बताएका छन् ।
भारत(पाकिस्तान तनाव भइरहेका बेला माओवादीका महासचिव देव गुरूङले सामाजिक सञ्जालमा यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘ पहलगामको आक्रमण कस्ले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि भएको देखिन्दैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिन्दैन।’
उनले सैन्य कारबाहीहरू बन्द गरी पहलगाम आक्रमणबारे स्वतन्त्र प्रकारको अन्तराष्ट्रिय छानबिन हुनुपर्ने बताएका छन् ।’अतः त्यस प्रकारको सैन्य कार्यबाहीहरु अविलम्व बन्द गरी दुबै मुलुक विचमा संवाद गरिनु पर्छ। पलगाम हत्या काण्डबारे स्वतन्त्र प्रकारको अन्तरराष्ट्रिय कमिसन गठन गरी छानबिन गरिनु पर्छ।’ उनले भनेका छन् ।







प्रतिक्रिया दिनुहोस्