ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यराति पाकिस्तानमा भारतको हवाई आक्रमणः अहिलेसम्म के–के भयो अपडेटे


एबीसी न्यूज

काठमाडौं, २४ वैशाख । जम्मू–कशमीरको पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा हवाई (मिसाइल) हमला गरेको छ । बुधबार राति करिब साढे १ बजे अपरेशन सिन्दूरु अन्तर्गत बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादलगायत क्षेत्रमा आक्रमण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आक्रमण गरिएका क्षेत्रलाई भारतले आतंकवादी अड्डा भनेको छ । समाचार एजेन्सी एएनआईको दाबीअनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ।

भारत सरकारले आफ्नो विज्ञप्तिमा भनेको छ, यो कारबाहीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको थियो।ु
पाकिस्तानको सरकारी टेलिभिजनले सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सेनाले पाकिस्तानमा तीन स्थानमा मिसाइल आक्रमण गरेको बताएको छ ।
रोयटर्स समाचार एजेन्सीका अनुसार पाकिस्तानको सीमावर्ती क्षेत्रबाट पनि भारी गोलाबारी र ठूलो विस्फोटको रिपोर्ट आइरहेको छ।
पाकिस्तानी सेनाले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ।
अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्तै तनावपूर्ण बनेको छ । आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

भारतको आक्रमणबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफको प्रतिक्रिया आएको छ। भारतको क्षेप्यास्त्र आक्रमणप्रति प्रतिक्रिया जनाउँदै शाहबाज शरीफले पाकिस्तानलाई बदला लिने पूर्ण अधिकार रहेको बताएका छन् । शाहबाज शरीफले सामाजिक सञ्जाल साइट एक्समा लेखेका छन्, शत्रुले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्ण आक्रमण गरेको छ।

उनले भारतको यो आक्रमणलाई युद्धको कार्युको रूपमा वर्णन गरे। पाकिस्तान र पाकिस्तानी सेनालाई शत्रुहरूसँग कसरी व्यवहार गर्ने भनेर राम्ररी थाहा छ। हामी शत्रुलाई उसको दुष्ट मनसायमा कहिल्यै सफल हुन दिने छैनौं, उनले भनेका छन् ।
प्रधानमन्त्री शरीफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन्। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी लुक्ने ठाउँ नभई नागरिक बस्ने ठाउँमा आक्रमण गरेको बताएका छन् । भारतले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको दाबी गरिरहेका छन् । म अन्तर्राष्ट्रिय मिडियालाई सबै पक्षमा आएर आफैं हेर्न भन्न चाहन्छु कि यी आतंकवादी लुक्ने ठाउँहरू थिए कि नागरिक बस्ती, जसमा हाम्रा दुई मस्जिदहरू पनि समावेश थिए, बीबीसी उर्दुसँग उनले भनेका छन्, एक बच्चा शहीद भएको छ। एक महिला शहीद भएकी छिन्। मसँग शहीदको पछिल्लो तथ्याङ्क छैन। तर पुष्टि भएका यी सात निशानाहरूमध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन् । यी सबै निशानाहरू नागरिक बस्तीमा थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई लज्जास्पद भनेका छन् । म चाहन्छु कि यो धेरै चाँडै अन्त्य होस्, उनले भने ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीबाट गहिरो चिन्ता व्यक्त गरेका छन् । महासचिवले दुवै देशलाई अधिकतम संयम अपनाउन अपील गर्नुभएको छ। विश्वले अर्को भारत(पाकिस्तान सैन्य द्वन्द्वको जोखिम वहन गर्न सक्दैन, उनले भनेका छन् ।
यद्यपि भारतीय सेनाले पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित नगरिएको दाबी गरेको छ । आतंककारी लुकेको ठाउँलाई निशाना बनाइएको भारतको दाबी छ ।

पाकिस्तानको सरकारी समाचार च्यानल पीटीभी न्यूजले आक्रमणको क्रममा पाकिस्तानी सेनाले २ वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com