ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति कार्यक्रमले सात बुँदेलाई बेवास्ता गर्यो : डा. कोइराला


एबीसी न्यूज
बैशाख २२, २०८२ सोमबार  ५ : ४१ बजे

काठमाडौँ, २२ वैशाख । कांग्रेस नेता शेखर कोइरालाले नीति कार्यक्रमले कांग्रेस एमालेबीच भएको सात बुँदे सहमतिलाई बेवास्ता गरेको बताएका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा उनले सरकार गठन हुँदाका बखत दुई दलबीच भएको सात बुँदे सहमतिलाई नीति कार्यक्रमले समेट्न नसकेको उल्लेख गरेका हुन्।कोइरालाले भने, ‘सात बुँदे सहमतिमा आधार भएर सरकार बनेको हो। संविधान संशोधन, आर्थिक सुधारका कुरा, भ्रष्टाचारलाई अन्त्य गर्ने, सुशासन दिने कुरा, दण्डहिनतालाई अन्त्य गर्ने कुरा त्यो कुराहरुमा सरकार चुकेको छ। त्यसलाई समेट्न जरुरी छ।’ उनले संविधान संशोधन लामो प्रक्रिया भए पनि ठूला दलको नेतृत्वमा सरकार बनेको नौ महिनासम्म पनि त्यसको प्रक्रिया सुरु नहुनु उचित नभएको बताए। ‘संविधान संशोधनमा पुनरावलोकन गने कुरा कांग्रेस र एमालेको दुई तिहासका आधारमा होइन, संसदका सबै दलको प्रतिनिधित्व गरेर सरकार वालाहरुको समेत राय लिएर गर्नुपर्छ। संविधान संशोधन गर्न समय लाग्छ। तर ९ महिना भइसक्यो सुरु गरेको भए हुन्थ्यो, कोइरालाले भने।

उनले सरकारको विषयलाई लिएर कांग्रेसभित्र कुनै पनि किसिमको समस्या नभएको दाबी गरे। ‘कांग्रेसभित्र कुनै पनि किसिमको समस्या छैन। त्यो उहाँहरुलाई लागेको हो। कति मिडियाहरुले गतल प्रचार पनि गरिदिन्छन्।’ उनले आफूले नै सरकार ढाल्न लाग्यो भन्ने गलत प्रचार भएको टिप्पणी गरे।
‘कति मिडियाहरुले पनि मेरै बारेमा सरकार ढाल्न खोज्यो भन्ने ल्याउनुभएको थियो। त्यो होइन। यो सरकारलाई असफल हुने छुट छैन, उनले भने।

कोइरालाले पालिका तहसम्म संयन्त्र बनाएर सरकार चलाउने कुरा ठीक नभएको जिकिर गरे। कोइरालाले भने, ‘मैंले भनेको चाहिँ के हो भने, संयन्त्र जुन हामीहरुले बनाएका छौँ। डेमोक्र्टिक सिस्टममा जाने भए, त्यो संयन्त्र बनाउनु हुँदैन। सरकारभित्रको संयन्त्रन बनाउनुहोस्। पालिकासम्मको संयन्त्र बनाउने होइन। पालिकासम्म संयन्त्र बनाएर जाने कुरा गलत हो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com