ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्तमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्न असफल : डा. कोइराला


एबीसी न्यूज
बैशाख २०, २०८२ शनिबार  १ : ३२ बजे

नवलपुर, २० वैशाख। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार जनताको भावना अनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार गठनमा कांग्रेसको भूमिका भए पनि वर्तमान सरकार सत्ता जोगाउने मोहमा अल्झिएको दाबी गरे। “सरकारले जनतालाई सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाह दिने वाचा गरेको थियो, तर अहिले ती सबै कुरा बिर्सिएको छ,” कोइरालाले भने। उनले सरकार भ्रष्टाचार नियन्त्रणमा पूर्ण रूपमा असफल भएको उल्लेख गर्दै नौ महिना बितिसक्दा पनि जनताले परिवर्तनको अनुभूति गर्न नसकेको टिप्पणी गरे। “९ महिना बित्दा पनि सुशासन देखिएन भने कहिले देखिने?” भन्दै उनले सरकारको आलोचना गरे।

डा. कोइरालाले भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्नुको सट्टा संरक्षण गरिएको गम्भीर आरोप लगाए। प्रधानमन्त्री स्वयं भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असमर्थ देखिएको उल्लेख गर्दै उनले यसलाई गम्भीर चिन्ताको विषय भने। उनका अनुसार सरकार जनताको मनोबल बढाउनेतर्फ होइन, गुटगत स्वार्थ र शक्ति सन्तुलनको खेलमा व्यस्त छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारको प्रसंग उठाउँदै उनले सबैखाले भ्रष्टाचारको छानबिनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। कार्यक्रममा उनले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुनुपर्ने धारणा राखे।

महाधिवेशन सार्ने षड्यन्त्र भइरहेको भन्दै उनले कार्यकर्तालाई सचेत रहन र समयमै महाधिवेशनका लागि दबाब दिन आग्रह गरे। सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रम दोहोरिएकोजस्तो देखिएको भन्दै उनले कार्यान्वयन पक्ष कमजोर हुने चिन्ता व्यक्त गरे। उनले बजेट सुनिश्चित गर्दै कार्यान्वयनमा गम्भीर हुन सरकारलाई सुझाव दिए। अन्त्यमा, डा. कोइरालाले वर्तमान अवस्थाबाट देशलाई बाहिर निकाल्न गम्भीर आत्ममूल्यांकन र सुधार आवश्यक रहेको भन्दै सरकारलाई जनताको मुद्दा र मागप्रति गम्भीर बन्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com