काठमाडौं १७ बैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई काठमाडौँ प्रहरी परिसरले नियन्त्रणमा लिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उनलाई पक्राउ गर्नुको कारण प्रहरीले बताएको छैन।
उनी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका थिए।
एकता घोषणाका लागि हुने भनिएको कार्यक्रम पनि अनिश्चत छ। अहिलेसम्म कार्यक्रम सुरू भएको छैन।
कार्यक्रम गर्ने भनिएको सभा हलको ढोका पनि खोलिएको छैन। जनमतका अध्यक्ष सीके राउत र उन्मुक्तिकी अध्यक्ष रञ्जिता चौधरी पनि कार्यक्रमस्थल पुगेका छैनन्।
प्रतिक्रिया दिनुहोस्