ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीलमले मानिनन् अर्थमन्त्रीको निर्देशन, भट्ट र श्रेष्ठको राजीनामा स्वीकृत भएन


एबीसी न्यूज

काठमाडौं १६ बैशाख । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिएको निर्देशन बेवास्ता गरेकी छिन्।

ढुंगानाले अर्थमन्त्रीको निर्देशनका बाबजुद गभर्नरका प्रत्याशीद्वय राष्ट्र बैंककै कार्यकारी निर्देशकहरु डा। गुणाकर भट्ट र डा। प्रकाश कुमार श्रेष्ठको राजीनामा स्वीकृत नगरेकी हुन्।

दुईमध्ये भट्टलाई भावी गभर्नर बनाउन दुई प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भइसकेको छ। यहीबीचमा कार्यकारी निर्देशक रहेकै बेला भट्ट गभर्नर बन्न नसक्ने भन्दै सर्वोच्चमा परेको रिट विचाराधीन छ।

गत आइतबार अर्थमन्त्री पौडेलले कामु गभर्नर ढुंगानालाई उनीहरुको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए। तर ढुंगानाले भने राजीनामा स्वीकृत नगरी गभर्नर नियुक्तिको हलो अड्काएकी छिन्।

सिफारिस समितिले पाएन पूर्णता
यसैबीच, सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिने आशा गरिएको थियो।

तर समितिले पूर्णता पाएन। गत चैत १६ गते अर्थमन्त्री पौडेल संयोजकत्वको समिति गठन भएको थियो।

यही वैशाख १० गते दुई सदस्यमध्येका विजयनाथ भट्टराईले असन्तुष्टि जनाउँदै समिति छाडेका थिए। अर्का सदस्य विश्व पौडेल रहे पनि मन्त्रिपरिषद्ले पुनः १ सदस्य नियुक्त गरेर समितिलाई पूर्णता दिनुपर्ने अवस्था छ।

सोही कारण सोमबार साँझ समितिले पूर्णता पाउने अपेक्षा थियो।

‘गभर्नर सिफारिस समितिलाई पूर्णता दिने विषयमा केही निर्णय भएन’, एक मन्त्रीले नेपालखबरसँग भने, ‘त्यससम्बन्धी प्रस्ताव नै आएन।’

राष्ट्र बैंकमा राजीनामा अड्किएपछि सिफारिस समितिले पनि पूर्णता नपाएको देखिएको छ।

गएको १ महिनादेखि गभर्नर नियुक्ति बिथोलिँदै आएको छ। निवर्तमान गभर्नर महाप्रसाद ढुंगानाको कार्यकाल गत चैत २५ गते सकिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com