काठमाडौं १४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अहिलेको सत्ता गठबन्धन टिकिराख्नुपर्ने जिकिर गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बौल्दै उनले सरकारमाथि कटाक्ष गर्दै गठबन्धनको निरन्तरताका लागि कामना गरेका हुन्।
‘गठबन्धन ढल्नु हुँदैन, गठबन्धनले यसरी नै काम गरिराख्नुपर्छ भन्ने हाम्रो कामना छ,’ झाले भने, ‘किनकी अझै हामीले देख्न बाँकी छ। हामी देख्न चाहान्छौँ कि कतिसम्म गिर्दोरहेछ। गिर्ने स्थान कति बाँकी छ त्यो देख्न चाहान्छौँ। त्यसैले पनि यो गठबन्धन रहिरहोस्, टिकिराखोस्, नढलोस् भन्ने हाम्रो कामना छ।’
अहिलेको गठबन्धन निर्माण हुँदा ७ बुँदे सहमति गरेको भए पनि अहिले त्यो बिर्सिएको उनले आरोप लगाए। सरकारले भ्रष्टाचार र विचौलीयालाई पोस्ने काम मात्रै गरेको झाको दाबी छ।







प्रतिक्रिया दिनुहोस्