काठमाडौं १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ ।
सामाजिक सञ्जाल एक्समा उहाँले आक्रमण परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
यो आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणलाई पुष्टि गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वयमा रहेको उहाँले जानकारी दिनुभएको छ ।







प्रतिक्रिया दिनुहोस्