ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतकाे जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍याे निन्दा


एबीसी न्यूज

काठमाडौं १० बैशाख । छिमेकी भारतको जम्मू–काश्मीर पहलगाममा भएको आतङ्कवादी आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको हो । साथै मृतकका परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र एवम् पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा ‘दुःखको यो घडीमा नेपाल सरकार भारत र त्यहाँका नागरिकसँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ’ भनिएको छ ।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्रीलगायतले पनि छुट्टाछुट्टै वक्तव्यमार्फत् आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । राष्ट्रपति पौडेलले निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको हिंसात्मक कार्य पूर्णतया निन्दनीय रहेको उल्लेख गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रमणको निन्दा गर्दै आतङ्कवादविरुद्ध नेपाल भारतको साथमा रहेको जनाउनुभएको छ । उहाँले यो घटनामा एक नेपाली नागरिकले ज्यान गुमाएको सार्वजनिक रिपोर्टलाई पुष्टि गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले विवेकहीन हिंसा भन्दै कडा शब्दमा निन्दा गर्नुभएको छ । साथै घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास भइरहेको र त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने जानकारी दिनुभएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार हिजो दिउँसो भएको आक्रमणमा परी एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको छ । केही नागरिक घाइते भएका छन् । ज्यान गुमाउने र घाइते भएकाहरुको सङ्ख्याबारे फरक–फरक विवरण आइरहेका छन् ।

जम्मू–कश्मीरमा पर्ने पहलगामको बैसारन ठाउँलाई ‘मिनी स्विटजरल्याण्ड’ मानिन्छ । हिजोको आक्रमणपछि साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोट्याएर स्वदेश फर्किनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com