ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा विद्यालय खोल्न अभिभावकको दबाब


एबीसी न्यूज

काठमाडौं १० बैशाख । विद्यालय बन्द गरेर तीन हप्तादेखि शिक्षकहरु काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका बेला पाल्पामा भने अभिभावकले पठनपाठन गराउन भन्दै दबाब दिन थालेका छन्। लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीलाई समस्या भएको भन्दै अभिभावकले विद्यालय खोल्न विद्यालय व्यवस्थापन समितिलाई दबाब दिन थालेका हुन्।

जिल्लाको माथागढी गाउँपालिका–१ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकले विद्यालयमै पुगेर व्यवस्थापन समितिलाई विद्यालय खोल्न दबाब दिएका छन्। अभिभावकहरू नाराबाजीसहित सोमबार पठनपाठन सुरु गर्न विद्यालयमै पुगे। अभिभावक ताराबहादुर विश्वकर्माले शिक्षकका कारण विद्यार्थीको भविष्य बिग्रिने भन्दै एकजुट भएर दबाब दिनुपरेको बताए।

उनले भने, ‘शिक्षकहरूले आफ्ना जायज माग राखेर आन्दोलन गर्नुभएको होला त्यो अन्यथा हैन तर हाम्रा बच्चाको भविष्यप्रति खेलवाड गर्नुभएन, हाम्रा बच्चाको भविष्यका लागि विद्यालय खोल्न आन्दोलन गरेका हौँ।’

अर्का अभिभावक लीलाकुमारी विकले लामो समय हुँदासमेत विद्यालय खुल्ने छाँटकाँट नदेखेपछि आफुहरू आन्दोलित हुनुपरेको बताइन्।
‘निजी विद्यालयले पठनपाठन गराइरहँदा हाम्रा बालबच्चा भने घरमै बस्न बाध्य छन्। यो राम्रो भएन। आफ्ना माग राख्न पाइन्छ तर त्यसलाई रचनात्मक रूपमा गरे हुन्थ्यो नि, बन्द गरेर त राम्रो भएन’ उनले भनिन्।

विद्यार्थीलेसमेत पढाइबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन्। विद्यार्थी कुसुम परियारले भर्ना भएर पढ्नुपर्ने बेलामा हालसम्म विद्यालय नखुल्दा आफूहरू समस्यामा रहेको बताइन्।

उनले भनिन्, ‘आफूसँगैका धेरै साथी निजी विद्यालयमा गए तर आर्थिक अवस्थाका कारण उता जान पनि सकेनौँ। यता कहिले विद्यालय खुल्ने हो टुङ्गो छैन। यसले निकै समस्या भयो।’
अर्का विद्यार्थी दिवस बगालेले पनि आन्दोलनका कारण विद्यालय बन्द भएपछि आफुहरूको भविष्य अन्योलमा रहेको बताए।

अभिभावकले आन्दोलन गरेपछि विद्यालयले पठनपाठन गराउन तयार भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले विद्यार्थीप्रति व्यवस्थापन समिति उत्तिकै चिन्तित रहेको र अभिभावकले समेत विद्यालय खोल्न दबाब दिएपछि आजदेखि नियमित रूपमा पठनपाठन सुरु गरिएको बताए।

‘हामीले सोमबार नै अभिभावक, विद्यार्थी र शिक्षकहरूसँग छलफल गरेका थियौंँ। विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय भइसकेको थिएन तर आज बिहानै अभिभावक विद्यार्थीसहित आएर विद्यालय नखोजे निजी स्कूलमा जान्छौँ भन्नुभयो’, उनले भने, ‘विद्यालय खोल्नुहोस् हामी तपाईहरूकै साथमा छौै भन्दै आन्दोलन गरेपछि हामीले विद्यालय खोल्ने निर्णय गरेका हौँ।’

वडाभित्रका अन्य विद्यालयमा पनि पठनपाठन सुरु भएको वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्थीले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौँ: राष्ट्रपति

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

गण्डकी त्रिभुज परियोजना कार्यान्वयन नभएकामा वर्षमानको असन्तुष्टि

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश- प्रधानमन्त्री

जेलेन्स्कीले भने: बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

छत्तीसगढमा २ गाडी ठोकिँदा १३ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com