काठमाडौं ९ बैशाख । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकोबारे प्रश्न उठाएकी छिन्।
समाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार टिप्पणी गर्दै उनले असल, इमान्दार र नैतिकवान भएकैले राजीनामा दिनुपरेको हो भन्दै प्रश्न समेत गरेकी छिन्।
‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्योरु’, शाक्यको प्रश्न छ, ‘विद्या भट्टराई सक्षम इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको होरु उहाँलाई सहयोग किन भएन ?
राजीनामाले भट्टराईको नैतिक धरातल अझ उच्च भएको उनको टिप्पणी छ। ‘कमरेड विद्याको राजिनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ,’ शाक्यको भनाइ छ, ‘कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्।
प्रतिक्रिया दिनुहोस्